महिला खबर
काठमाडौं। संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गरेको छ । आज साँझ बसेको संवैधानिक परिषदको बैठकले कार्कीको नाम प्रधान न्यायाधीशमा शिफारिश गरेको हो ।
यसअघि अाज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेपनि सभामुख ओनसरी घर्ती बिरामी भएर बैठकमा उपस्थित हुन नसकेपछि विहान यसवारे निर्णय हुन सकेको थिएन ।
उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । नेपालको इतिहासमा न्यायक्षेत्रको उच्च पदमा पुग्ने उहाँ पहिलो महिला हुनुहुन्छ ।
न्याय सेवामा कार्कीको प्रवेश
वि.स.२००९ जेठ २५ गते मोरङको शंकरपुरमा कार्कीको जन्मभएको हो । २०२९ सालमा महेन्द्र मोरङ कलेज विराटनगरबाट स्नातक तह उत्तिर्ण गरेपछि उहाँले भारतको बनारसस्थित हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा समेत स्नातक गर्नुभयो ।
उहाँले नेपाल आएर वि.स. २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुन विषयमा स्नातक गर्नुभयो । त्यस लगत्तै उहाले वि.स. २०३५ साल चैत १६ गते नेपालवार एशोशियसनबाट अधिवक्ताको अनुमतिपत्र लिनुभएको हो । आधिकारिक रुपमा अधिवक्ताको पत्र पाएपछि कानुन व्यवसायमा उहाँको यात्रा सुरु भएको हो ।
याे पनि पढ्नुहाेस
महिला प्रधानन्यायाधीशको पर्खाइमा सर्वोच्च अदालत
उहाँ २०४५ देखि ०४७ सम्म जिल्ला बार र २०५९ देखि ०६१ सम्म पुनरावेदन बार विराटनगरको अध्यक्ष भइसक्नुभएको छ । वि.स २०४३ देखि वि.स. २०४६ सम्म महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापन समेत गरेकी कार्कीले २०६१ सालमै बरिष्ठ अधिवक्ताको उपाधि पाउनुभएको हो ।
मानवअधिकारको क्षेत्रमा समेत क्रियाशील न्यायाधीस सुशिला कार्की Access to Justice of Women in Nepali Judiciary (NJA) को संयोजक हुनुहुन्छ । उहाँको पदावधि सपथ लिएको दिनदेखि १४ महिनासम्म हुनेछ ।
Comment Here!