महिला खबर
काठमाडौं । सभामुख अाेनसरी घर्ती अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ । उच्च रक्तचाप, मधुमेह र पिनासको असर बढेपछि सभामुख घर्तीलाई आईतबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो ।
अहिले सभामुखको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको उहाँकाे उपचारमा संलग्न डा डिवी कार्कीले बताउनुभएको छ ।
सभामुख घर्तीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुग्नुभएको थियो
Comment Here!