मध्य र सुदूरपश्चिममा कुपोषण घटाउन विशेष कार्यक्रम


प्रकाशित मिति :2016-04-12 11:48:43

महिला खबर

जाजरकोट। मध्य तथा सुदूरपश्चिमका १० जिल्लामा पहाडी कृषि पारस्थितिकीय प्रणालीमा आधारित पोषण कार्यक्रम सुरु गरिएको छ । पर्याप्त पोषणयुक्त खानामा पहुँच सुधार गरी कुपोषण हटाउन यो कार्यक्रम लागू गरिएको हो ।

कार्यक्रम मध्यपश्चिमका जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, जुम्ला, मुगु, कालिकोट तथा सुदूरपश्चिमका अछाम र बाजुरा गरी १० जिल्लामा सञ्चालन गरिएको हो । जाजरकोटमा आयोजित एक कार्यक्रममा तीन वर्षसम्म सञ्चालन हुने कार्यक्रमले पोषणयुक्त खानाको पहुँचमा जोड दिने हेल्भेटास नेपाल पहाडी कृषि पारस्थितिकीय प्रणालीमा पोषण कार्यक्रमकी राष्ट्रिय संयोजक सोमाकुमारी रानाले बताउनुभयो ।

कार्यक्रम मध्यपश्चिमका जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, जुम्ला, मुगु, कालिकोट तथा सुदूरपश्चिमका अछाम र बाजुरा गरी १० जिल्लामा सञ्चालन गरिएको हो। तीन वर्षसम्म सञ्चालन हुने कार्यक्रमले पोषणयुक्त खानाको पहुँचमा जोड दिने हेल्भेटास नेपाल पहाडी कृषि पारस्थितिकीय प्रणालीमा पोषण कार्यक्रमकी राष्ट्रिय संयोजक सोमाकुमारी रानाले जानकारी दिनुभयो।

गहुँ थन्क्याउन व्यस्त

गहुँ थन्क्याउन व्यस्त

देशको आधाभन्दा धेरै जनसङ्ख्या कुपोषणको सिकार भएकाले कुपोषण घटाउन यो परियोजना कोसे ढुङ्गा सावित हुने उहाँको विश्वास छ ।

कार्यक्रमले स्थानीय उत्पादनलाई प्राथमिकता दिने, पोषण आवश्यकता, बाली विविधता, स्थानीय खाद्य उत्पादन तथा उपयोगमा जोड दिनेछ । पारिवारिक पोषणका लागि बागवानी, कोसेबाली, पोषण बगैँचा, मौसमी तथा बेमौसमी तरकारी खेती र विद्यालय पोषण बगैँचा स्थापना तथा प्रवर्द्धनमा आवश्यक सहयोग गरिने कार्यक्रम संयोजक रानाले बताउनुभयो ।

पहाडी कृषि पारस्थितिकीय प्रणालीमा पोषण परियोजनाले बाली उत्पादन तथा पोषण विविधतामा कमी, पौस्टिक खाद्य पदार्थको अपर्याप्तता, व्यवहारमा परिवर्तन ल्याउने सञ्चार, खानेपानी तथा सरसफाइ, गरिबी र सचेतनाका कारण सिर्जित कुपोषणप्रति संवेदनशील पहाडी कृषि पारस्थितिकीय प्रणाली सुधारमा जोड दिने बताइएको छ ।

परियोजनाले ग्रामीण सेवा प्रदायकको कार्यगत सञ्जालमार्फत पहाडी पारस्थितिकीय प्रणालीमा पोषण सुधार तथा अनुकूलन प्रवद्र्धनका लागि दिगो कृषि अभ्यास प्रवद्र्धन गर्नेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: