महिला खबर
एजेन्सी । भारतमा २०१४ मा मात्रै २० हजार गृहणीहरुले आत्महत्या गरेका छन्। बीबीसीका अनुसार २०१४ मै ५ हजार ६ सय ५० जना किसानले आत्महत्या गरेका थिए। गृहणीहरूले गरेको आत्महत्याको तथ्याङ्क किसानले गरेको आत्महत्या भन्दा २ सय ५० प्रतिशतले बढी छ, तर जसरी किसानहरूले गरेको आत्महत्याको समाचारले सञ्चार माध्यममा स्थान पाउँछन त्यसरी नै गृहणीहरूको आत्महत्याको समाचारले पाएको नदेखिएको वीवीसीमा उल्लेख छ ।
१९९७ देखिको तथ्याङ्कले भारतमा प्रत्येक वर्ष २० हजार भन्दा बढी महिलाले आत्महत्या गरेको नेशनल क्राइम रेकर्ड ब्युरोलाई उल्लेख गर्दै बीबीसीले लेखेको छ । २००९ मा उक्त तथ्याङ्क सबैभन्दा बढी २५ हजार ९२ पुगेको थियो।
२०११ मा आत्महत्या गर्नेमा सबैभन्दा बढी क्रमशः महाराष्ट्र, पोन्डिचेरी ,मध्य प्रदेश, केरला, कर्नाटक, आन्ध्र प्रदेश, गोआ, वेस्ट बङ्गाल, गुजरात, उत्त्तर प्रदेश र विहारमा भने सबै भन्दा कम आत्महत्या भएको देखाएको छ।
अध्ययनले विवाहितले अविवाहितको तुलनामा कम आत्महत्या गरेको देखाएको छ। परम्परागत सांस्कृतिक मान्यतामा विश्वास राख्ने राज्यहरूमा जहाँ परिवारको संख्या ठुलो छ त्यस्तो परिवारमा सानो परिवारको तुलनामा कम आत्महत्या हुने देखाएको छ।
भारतमा हुने आत्महत्यामा अध्ययन गरेका पिटर मेयर भन्छन् मिडियाले प्रस्तुत गर्ने आत्महत्याका प्रमुख कारणहरू दाइजोको माग र सासुद्वारा हुने नराम्रो व्यवहार त आत्महत्याको एउटा भाग मात्र हो। पिटरका अनुसार आत्महत्याको सम्बन्ध कहि न कहि भारतमा भइराखेको सामाजिक रुपान्तरणसँग पनि सम्बन्धित रहेको छ।
गृहणीको आत्महत्याको कारणहरूमा छिटै अनुसन्धान गरी सत्य कुराहरू सार्वजनिक गरिनुपर्ने अनुसन्धानकर्ता पिटर मेयरको सुझाव छ ।
Comment Here!