२०७३ सालको शुभकामना


प्रकाशित मिति :2016-04-13 08:00:15

fOR ARTILC२०७२ साल नेपालको राजनीति, समाज र अर्थशास्त्रका लागि निक्कै पीडादायी रह्यो । तर यहि समयमा हामीले उपलब्धिको जग पनि निर्माण गरेका छौं । मुलुकका सर्वोच्च तीन पदमा तीन महिलाको उपस्थिति एउटा देखिने उदाहरण हो ।

दुर्गा कार्की
मुलुकका लागि २०७२ साल समग्रमा राम्रो रहेन । वर्षको सुरुवात मै आएको शक्तिशाली भूकम्पले वर्षभरी नै पिरोलिरह्यो । ८ हजार ९ सय ५९ जनाको  ज्यान गयो । मर्ने मध्ये ५५ प्रतिशत महिला र वालबालिका थिए । नेपाल प्रहरीको तथ्याकं अनुसार भूकम्पमा परी मर्नेमा ३ हजार ६ सय ७१ महिला थिए भने १ हजार ३ सय ४४ बालबालिकाको ज्यान गयो । २२ हजार ३ सय १२ घाइतेमध्ये ९ हजार ४ सय ३ महिला र १ हजार ३ सय ४४ जना बालबालिका थिए ।

भूकम्प पीडित हजाराैं अझै त्रिपालमुनि रात काट्न बाध्य छन् । यसबाट महिला तथा बालबालिकालाई सवै भन्दा धेरै समस्या परेको छ । गर्भवती, सुत्केरी र महिनावारी भएका महिलाका लागि पालमुनिको बासमा परेको समस्या भनिसाध्य छैन ।

परिवार सवै एउटै पाल मुनि बस्दा सुत्केरी महिलालाई बच्चालाई दुध खुवाउनदेखि महिनावारी भएका किशोरी तथा महिलालाई लुगा फेर्ने समस्याले निकै पिरोलेको छ । साथै एउटै पालमुनि सवै एकैठाउँमा बस्दा महिलाहरू असुरक्षित समेत भएका छन् ।
भूकम्पपीडित यो वर्षको वर्षयाममा झरी र हिउँदको कठ्याग्रिंदो जाडो यहि पालमुनि काट्न बाध्य भए । यो अझै कहिलेसम्म हो अनिश्चित छ ।

२०७२ सालमा हामीले कहालीलाग्दो प्राकृतिक विपत्तीसँगै राजनीतिक विपत्ति पनि भोग्यौं । भूकम्पबाट नतङ्ग्रिदै भएको पाँच महिनालामो भारतीय नाकाबन्दीले भूकम्पमा लागेको घाउमा नुनचुक छर्किने काम गर्‍यो । यतिवेला धेरै शहरवासीको चुलो बलेन । कतिले एकछाक खाएर गुजारा गरे ।

६ महिना लगातारको मधेश आन्दोलनले देशलाई थप शिथिल बनायो । मधेश आन्दोलनमा ६० जना भन्दा बढीले ज्यान गुमाए । यीनमा ६ जना महिला थिए । यसको तार्किक समाधान कहिले हुने हो अझै निश्चित छैन ।

प्राकृतिक र राजनीतिकरुपमा ठुलो  विपत्ती आएपनि २०७२ सालमा देशले कोल्टे फेर्ने केहि ऐतिहासिक काम गर्‍यो । ८ वर्षदेखि बन्न नसकेको संविधान जारी गर्ने काम यसैवर्ष भयो । महिलाकालागि केही महत्वपुर्ण उपलब्धिसहित आएको यो संविधानको प्रतिफल पनि हामीले यहि साल मै देख्न पायाैं । राष्ट्रपति र सभामुख महिला भए ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्दा फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरि गर्नु पर्ने र प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एकजना महिला हुनुपर्ने हुनपर्ने व्यवस्था नयाँ संविधानले गरेपछि तत्कालै यो कार्यान्वयनमा आयो ।

नेपालको इतिहासमै छिट्टै न्यायालयको उच्च पदमा पनि महिला आउँदैछिन् ।  शुसीला कार्कीले यहि नयाँ वर्षको सुरुदेखि नै सर्वोच्च अदालतको प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन् । यसरी देशका तीनओटा सर्वोच्च निकायमा महिलाको नेतृत्व विश्व कै निम्ति उदाहरणीय बन्नेछ ।

दक्षिण एशियाका भारत, श्रीलकां, वगंलादेश, पाकिस्तानमा धेरै अघिदेखि महिलाले राष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न थालेका हुन् । ६० को दशकमै यस क्षेत्रमा महिला प्रधानमन्त्री भएका छन् । योसँगै विश्व मै पहिलो महिला प्रधानमन्त्री पनि दक्षिण एशियाली देश श्रीलकांले पाएको थियो ।

श्रीलकांमा श्रीमाओ आर डी बन्दारानायके सन् १९६० मा विश्व कै पहिलो प्रधानमन्त्री भएकी थिइन् । उनले श्रीलकांमा ३ कार्यकाल प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरिन् । श्रीलंकामा सन् १९९४ देखि २००५ सम्म चन्द्रिका कुमारातुङ्गा राष्ट्रपति भइन् ।

६० को दशकको अन्त्यमा भारतमा इन्दिरा गान्धी उदाइन् । भारतमा १९६६ मा पहिलो प्रधानमन्त्री इन्दिरा गान्धी भएकी थिइन भने सन् २००७ मा प्रतिभा पाटिल पहिलो महिला राष्ट्रपति भएकी थिइन् ।

१९८८ मा बेनजीर भुट्टो मुस्लिम देशहरुमै पहिलो महिला प्रधानमन्त्रीका रुपमा आएकी थिइन । पाकिस्तानमा २ कार्यकाल प्रधानमन्त्रीका रुपमा विताइन् । यसैगरि वंगलादेशले पनि राष्ट्रप्रमुखका रुपमा शेख हसिनाले नेतृत्व गरिरहेकी छन् । खालिदा जिया २ पटक वगंलादेशको प्रधानमन्त्री भएकी थिइन् ।

नेपालमा निकैपछि भएपनि महिला राष्ट्रपति पदमा पुग्ने मौका पाएका छन् ।  राजनीतिमा महिलाको सक्रिय सहभागिता अझै नभएका कारण कार्यकारी पद प्रधानमन्त्रीमा महिला आउन अझै केही समय लाग्ने देखिन्छ । राजनीतिमा महिलाको सहभागिता यहि रुपमा रहिरहने हो भने यी पदमा फेरी महिला पुग्न निकै समय कुर्नुपर्ने देखिन्छ ।  यसपछि अर्को पुस्ता तयार भएको देखिँदैन ।

यदि राजनीतिक दलहरूले साँच्चै नै महिलालाई  नेतृत्वमा पुर्‍याउन र बराबरीको सहभागिता गराउन खोजेका हुन भने महिला पुरुषबीचको खाडल पुर्न आफ्ना आन्तरिक विधान नीति नियमहरूलाई संशोधन गरि महिला सहभागिता बढाउनु पर्ने देखिन्छ । त्यस्तै सरकारले अव गर्ने नियुक्तिहरू, संवैधानिक निकाय, आयोगलगायतका संरचनामा यहि गतिमा महिला सहभागितालाई प्राथमिकता दिएमामात्र नेतृत्वप्रतिको विश्वास बलियो हुनेछ ।

नयाँ वर्ष २०७३ मा संविधान लैंगिकमैत्री बनाउने पहल सुरु गर्न, संविधान अनुसार कानुनहरू परिवर्तन गरि महिला सहभगितालाई तोकिएको अकंमा पुर्‍याउने सुरुआत हुनेछ भन्ने विश्वास महिलाले लिएका छन् । २०७२ सालमा भएका राम्रा कामले निरन्तरता पाउने अपेक्षासहित नयाँ वर्ष २०७३ को शुभकामना ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: