नयाँ साल, नयाँ जोश


प्रकाशित मिति :2016-04-14 10:56:50

नुनुता राई

काठमाडाैं । नयाँ जोश, जाँगर, उत्साहका साथ नव वर्ष २०७३ सालको शुरुवात भएको छ । प्रत्येक नेपालीले ०७३ साल सुखमय र समृद्धिको कामना सहित स्वागत गरिरहेका छन्।

सालको सुरुवात सुखद र खुशीयाली भए वर्षभरि यो क्रम कायम रहन्छ भन्ने विश्वासका साथ यो दिनलाई विशेष स्मरणयोग्य बनाउन रमाईलो गर्ने गरिन्छ। रमाईलो शुरुवातसँगै वर्षभरिको कार्ययोजना पनि बनाउने गरिन्छ। ०७२ साल नेपालीको लागि निक्कै पिडादायी रह्यो। नायिका करिश्मा मानन्धर, गायिका झुमा लिम्बु र नेता नविना लामाले ०७३ सालको योजना यस्तो बनाएका रहेछन्।

करिश्मा मानन्धर, नायिका

Karismaनयाँ वर्ष मेरो लागि जहिल्यै स्पेशल हुन्छ । यो वर्ष पोखरामा एउटा कार्यक्रम परेेकोले यहाँ आएको छु। प्राकृतिक सुन्दरताले भरिएको ठाउँमा छु, खुशी छु। यहाँको बासिन्दा तथा प्रकृतिसँगै रमाउने योजनामा छु।

७२ सालमा हामीले ठूलो विपत भोग्न पर्‍यो। प्राकृतिक र कृत्रिम विपत्तिले हामीलाई आहत बनायो। हामी नेपालीले यो दुःखलाई पनि हिम्मतका साथ जितेका छौँ। यो नयाँ वर्ष सँगै सबै किसिमका बाधा व्यवधानहरू सकिउन्। प्रत्येक नेपालीको ओठमा मुस्कान रहिरहोस्। कामना गर्दै नयाँ वर्षको स्वागत गर्दैछु।

यो वर्ष उत्साहित छु। म अभिनित चलचित्र फागु’ रिलिज हुँदैछ। कार्यतालिका व्यस्त छ, यसको बावजुद मेरो निर्देशनमा चलचित्र बनाउने सोच बनाएकी छु। सकारात्मक सोचका साथ ७३ साललाई उपलब्धिमुलक बनाउने छु।

नविना लामा , अध्यक्ष अनेरास्ववियु 

Nabinaनयाँ वर्षको सुरुवात रमाईलो भईरहेको छ। यो वर्षभरि रमाईलो अनि उपलब्धिमुलक हुनेछ। आशावादी छु। व्यक्तिगत रुपमा मैले ७२ सालमा उत्साहजनक र अविस्मरणीय राजनीतिक सफलता प्राप्त गरेँ।

जुन आशा लिएर साथीहरूको साथ र सहयोग पाएको छु त्यो आशालाई पुरा गरेर देखाउँछु। सरकारी विद्यालय र क्याम्पसको हरेक किसिमले स्तरोन्नति गर्न मेरो संगठनले हरसम्भव प्रयास गर्ने छ।
७२ सालमा हामीले महाभूकम्प र नाकाबन्दी जस्ता विपतको सामना गर्नपर्‍यो। जसको कारण अपुरणीय जनधनको क्षति बेहोर्नुपर्‍यो। अब यस्तो विपत फेरि भोग्न नपरोस्।

पुरानो घाउ नबल्भि्कओस्। समग्रमा ७२ साल सुख र दुखको समिश्रण रह्यो। पीडितहरूको दुःख भुलाउन साहारा बनौं। हामी नेपाली एक अर्काको सुःख दुःखको साथी बन्न सकौं।

झुमा लिम्बु, गायिका

jhumaनयाँ वर्षलाई हर्षोल्लासका साथ स्वागत गरिरहेको छु। यो वर्षलाई अविस्मरणीय बनाउन साथीहरुसँग रमाइलो गरी आजैबाट शुरु गरेको छु।

हर्ष र उमङगले ल्याएको नयाँ वर्ष वसन्तको आगमनसँगै शुरु भएको यो दिन जस्तै यो वर्ष भरि रहिरहोस्।

७२ साल धेरै दुखदपुर्ण वर्ष हामी नेपालीको लागि रह्यो। भौतिक, आर्थिक, ऐतिहासिकक्षति पुगेको छ। यसले हामीलाई सकारात्मक हुन पनि सिकाएको छ। मैले धेरै काम थालेको छु यो वर्ष पनि त्यही कामलाई निरन्तरता दिनेछु।

उत्साह थपिएको छ। दुख बाँडे आधा खुशी बाँडे दोब्बर भनिन्छ। बाँचेका छौँ। छुटेको दुखलाई भुलेर बाँकी रहेका खुशीलाई जोडौँ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: