महिला खबर
जाजरकोट । मजकोटकी एक बालिकाले उमेर नपुग्दै आफ्नो विवाह गराउन खोज्ने अभिभावकविरुद्ध उजुरी दिएपछि विवाह रोकिएको छ ।
मजकोट–३ की १५ वर्षीया विनिता टमाटाले स्थानीय बाल क्लब र वडा नागरिक मञ्चमा जबर्जस्ती बालविवाह गराउन खोज्ने आमाबाबाविरुद्ध उजुरी दिएपछि बुधबार विवाह रोकिएको हो । विनिताका अभिभावकले दैलेख जगनाथका २० वर्षीय मिलन विकसँग मागीविवाह गरिदिन लागेका थिए ।
वडा नागरिक मञ्चका अध्यक्ष वीरबहादुर शाहीका अनुसार विनिताका बाबु सगते विकले एसएलसी दिएर बसेकी छोरीलाई जबर्जस्ती विवाह गाउन खोजेपछि विनिताले प्रतिकार गर्दै अधिकारकर्मी गुहारेकी थिइन् ।
उमेर नपुगेको र अहिले आफूले विवाह नगर्ने भनेपनि उनका बाबुले राम्रो इष्ट आएको भन्दै जबर्जस्ती विवाह गराउन लाग्दा इलाका प्रहरी कार्यालय पञ्चाला, बडा नागरिक मञ्च र बालसञ्जालको संयुक्त प्रयासमा विवाह रोकिएको स्थानीय पत्रकार काँसी न्यौपानेले बताउनुभयो । दुवै तर्फका अभिवावकलाई सम्झाई–बुझाई विवाह रोकिएको बालसञ्जालका अध्यक्ष भवीन्द्र थापाले बताउनुभयो ।
Comment Here!