महिला खबर
काठमाडाैं । शुशीला कार्कीले सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको छ। प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेरहदका कारण अवकाश लिएपछि बरिष्ठतम न्यायधिस कार्कीले प्रधानन्यायाधिसको जिम्मेवारी पाउनुभएको हो।
संवैधानिक परिषदले प्रधानन्यायाधिसका लागि शिफारिस गरेपनि संसदीय सुनुवाइ भएर राष्ट्रपतिबाट शपथ लिएपछिमात्र उहाँले औपचारिक रुपमा पदभार ग्रहण गर्नुहुने छ ।
कार्की नेपालको इतिहासमा न्यायक्षेत्रको उच्च पदमा पुग्ने पहिलो महिला हुनुहुन्छ।
कार्कीले बि.स. २०३४ त्रिभुवन विश्वविद्यालयबाट कानुन विषयमा स्नातक गर्नु भएको थियो। त्यसपछि उहाँले बि.स. २०३५ साल चैत्र १६ गते नेपालवार एशोशियसनबाट अधिवक्ताको अनुमतिपत्र लिनुभएपछि आधिकारिक रुपमा अधिवक्ता भएर काम शुरु गर्नुभएको हो।
Comment Here!