एकसातामा तीनजना बालिका बलात्कृत, तीन पक्राउ


कुनैपनि दवावमा नपरी कानुनी कार्वाही गर्छौः प्रहरी

प्रकाशित मिति :2016-04-15 10:56:04

रमला सिंगक

सुनसरी (धरान)। धरानमा बालिका बलात्कार घट्नामा सम्लग्न तीनजनालाई प्रहरीले सार्वजनिक गरको छ।

गत चैत २१ गते देखि २८ गतेसम्म तीनजना बालिका बलात्कार गरी फरार रहेका मध्ये तीनैलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले बताउनुभयो।

Rapist

प्रहरीले सार्वजनिक गरेका तीनजना बलात्कार अाराेपी 

पक्राउ पर्नेहरूमा धरान १९ चौकीबारीका १९ वर्षीय विकल अधिकारी, धरान २३ पाँचकन्याका १६ वर्षीय विकास कालिकोटे र धरान २६ विष्णुपादुकाको भाल्ढुंगाका ५० वर्षीय गणेश राई रहेका छन्। उनीहरूलाई जवर्जस्ती करणी अर्न्तगत मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ।

एकसातामा भएका तीन वेग्ला वेग्लै घट्ना मध्ये अभियुक्त विकल अधिकारीले गत चैत २८ गते दिउँसो घरमा कोही नभएको मौका पारी धरान १९ बस्ने तीन बर्षीया बालिकालाई चकलेट दिएर फकाएर बलात्कार गरि फरार रहेका थिए।

यसैगरी अर्का अभियुक्त विकास कालिकोटेले चैत १९ गते दिउसो सात वर्षीया बालिकालाई चिजबल किनीदिने बहाना बनाएर बलात्कार गरेका थिए। बलात्कारपछि कालिकोटे फरार रहेका थिए।

अर्का अभियुक्त गणेश राईले चैत २१ गते साँझ ५ बजे कोठाको चावी खोलिदिने बहाना बनाएर १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका थिए।

तीनै जना बालिकाका अभिभावकले बलात्कारीलाई कडा सजाय दिन माग गर्दै किटानी जाहेरी दिएपछि सादापोशाकमा प्रहरी परिचालन गरी धरानबाटै अभियुक्तहरूलाई पक्राउ गरिएको खतिवडाले बताउनुभयो।

पछिल्लो समयमा धरानमा बालिका बलात्कार घट्ना बढेको भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरकोे सन्दर्भ उल्लेख गर्दै उहाँले भन्नुभयो ‘बलात्कारका घट्ना न्यूनिकरण गर्न बालबालिकाको पक्षमा काम गर्ने विभिन्न संघसंस्था, समूहसँग मिलेर प्रहरीले प्रभावकारी कदम चाल्न नयाँ योजना बनाउन लागेका छौं।’

उहाँले बलात्कार घट्नामा संलग्न जोसुकै भएपनि कुनै पनि राजनीतिक दवावमा नपरी कानुनले तोकेको सजाय दिलाउन आफू लागि परेको बताउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: