महिला खबर
काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता वैशाख ५ गते आईतवारदेखि काठमाडैांमा हुने भएको छ । १६ गतेसम्म हुने यो प्रतियोगिताको अायोजना अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले गर्न लागेको हो ।
लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिता सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहने एन्फाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल पुलिस क्लब, मध्यमाञ्चल महिला फुटबल टोली, पूर्वाञ्चल महिला फुटबल टोली र मध्यपश्चिमाञ्चलको महिला टोली छन् । त्यसैगरी समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) सुदूरपश्चिमाञ्चल महिला फुटबल र पश्चिमाञ्चल महिला टोली छन् ।
प्रतियोगिताका विजेताले दुई लाख रुपैयाँ तथा द्वितीय हुनेले एक लाख रुपैया दिइने छ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलकिपर, फर्वार्ड, मिडफिल्डर, डिफेन्डरर तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी नेपाल पुलिस क्लब साविक बिजेता तथा त्रिभुवन आर्मी क्लब उपविजेता हुन् ।
तस्बिरः एन्फाको वेवसाइटबाट
Comment Here!