बालविवाह रोक्न ‘बिहेबारी २० वर्षपारी’ अभियान


प्रकाशित मिति :2016-04-15 15:13:15

प्रताप बानियाँ
म्याग्दी। पछिल्लो समय बालविवाह बढ्दै गएपछि म्याग्दी जिल्लामा ‘बिहेवारी २० वर्षपारी’ अभियान सञ्चालन भएको छ। किशोरावस्थामा गरिने विवाहका कारण शारिरीक, मानसिक तथा पारिवारीक समस्या देखिन थालेपछि वालविवाह रोक्नलाई अभियान सञ्चालन गरिएको हो।

युवा महिला सञ्जाल स्थापना गरी समुदायस्तरमा बिहेवारी, २० वर्षपारी अभियान चलाइएको सञ्जालले जनाएको छ। विद्यालय उमेर समूहका बालबालिकालाई लक्षित गरी म्याग्दीका गाउँगाउँमा सानै उमेरमा हुने गरेको बिहे रोक्न पहल थालिएको युवा महिला सञ्जाल म्याग्दीका अध्यक्ष लक्ष्मी विश्वकर्माले बताउनुभयो।

उहाँले विद्यालय उमेर समूहका बालबालिकाको सहयोगमा ग्रामीणस्तरमा अभियानमार्फत सचेतनामूलक कार्यक्रमहरू गर्ने गरिएको जानकारी दिनुभयो । बालविवाहकै कारण धेरै किशोरीको स्वास्थ्य तथा पारिवारीक समस्या देखिएको भन्दै बालविवाहलाई निरूत्साहित गर्न दुर्गम गाविसमा समेत जनचेतनामूलक कार्यक्रमसहित आफूहरु पुगेको अध्यक्ष विश्वकर्माको भनाई छ।

Child marriage

लाहुरेको जिल्लाका नामले भनेर चिनिने पहाडी जिल्ला म्याग्दीमा वैदेशिक रोजगारमा गएका आर्थिक अवस्था कमजोर हुनेहरूले छोरीलाई बोझ मानेर सानै उमेरमा विवाह गरेर दिने गरेको आफ्नै आखाँले देखेपछि अभियान शुरू गरेको उहाँले बताउनुभयो।

सानै उमेरमा परिवार र आफन्तको दवावमा हुने विवाहको बारेमा उहाँले भन्नुभयो– ‘बालविवाह गरेका धेरैजसो समस्यामा छन्, परिवारको दवावमा विवाह गर्नेहरूको संख्या बढ्दै गैरहेको छ। यसलाई समयमै समाधान गर्न नसके विकराल रुप लिन सक्छ।’

सञ्जालका अनुसार जिल्लाको बाबियाचौर, अर्मन, दरबाङ, निस्कोट, ओखरबोट, देवीस्थान, विम, ताकम, मुना, मुदी, लुलाङ, गूर्जासहित २० वटा गाविसमा युवा महिला सञ्जालको स्थापना गरी गाउँमा कसैको विवाहको कुरा सुन्नेवित्तिकै उमेर सोध्न जाने अभियान नै चलाइएको छ। बालविवाहबाट किशोरीहरूको व्यक्तिगत स्वास्थ्यसँगै शिक्षा पनि गुम्दै जाने भएकाले पनि अभिभावकलाई सचेत बनाइएको सञ्जालले जनाएको छ।

युवा सञ्जालले बिहेबारी २० वर्षपारी, बालविवाहको अन्त्य आफैँबाट, बालविवाह सामाजिक अपराध, हाम्रो समाज बालविवाहमुक्त अभियानजस्ता नारासहित सचेतनामूलक कार्यक्रमको समेत शुरुवात गरिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो।

महिला तथा बालबालिका कार्यालय म्याग्दी, जिल्ला बालकल्याण समिति, प्लान नेपाल, सहमतिलगायतका संघसंस्थाले उक्त अभियानमा साथ दिएका छन्। पश्चिम म्याग्दीका युवा क्लब, बालक्लबसँगै विद्यालयस्तरमा पनि बालविवाह रोक्न विद्यालयका कक्षामै पुगेर जनचेतना फैलाउने गरिएको छ।

बालदिवससहित बालबालिकासम्बन्धी कार्यक्रममा बाल विवाहबाट महिलाको स्वास्थ्य, सामाजिक र आर्थिक क्षेत्रमा पर्ने असरका विषयमा सकारात्मक अभियान सञ्चालन गर्ने गरिएको छ। विश्वकर्माका अनुसार बालविवाह गर्न खोज्नेलाई सामाजिक बहिस्कार गरिनेसम्मको चेतावनी दिइएको छ।

म्याग्दीको पश्चिम भेगबाट शुरू भएको अभियानलाई जिल्लाभर विस्तार गर्न जिल्लास्तरीय किशोरी तथा महिला सञ्जाल पनि स्थापना गरिएको छ। अभियानबाट सामुदायिक विद्यालयमा अध्ययरत सबै विद्यार्थीलाई सञ्जालमा आवद्ध बनाएर अभियानलाई प्रभावकारी बनाउँदै बालविवाहलाई शुन्यमा झार्ने लक्ष्य राखिएको सञ्जालले बताएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: