गाउँको प्रतिष्ठाः छोरीबुहारीको खेल कौशल


विजयी छाेरीबुहारीलाई गाउँमा सम्मान

प्रकाशित मिति :2016-04-15 17:02:02

नुनुता राई
काठमाडौं। पर्वतका मगर समुदाय बसाेवास गर्ने केही गाउँमा घरपरिवारको प्रतिष्ठा छोरीबुहारीको खेल कौशलले निर्धारण गर्छ। पर्वत जिल्लाका लेस्पार, सालिजा, क्याङ, हलहले, ओख्रेनीलगायतका गाविसमा घरपरिवारको गौरव छोरीबुहारीको खेल कौशललाई मान्ने गरिन्छ। समाजमा घर र गाउँकोे प्रतिष्ठालाई उच्च कायम राख्न छोरीबुहारीलाई भलिबल खेलमा पोख्त हुन हौंसला दिइन्छ।

समाजको विविधता !  कतै छोरीबुहारीलाई घरधन्दाबाट मुक्ति दिएर खेल्न पठाउने, कतै चुलोचौका छोडेर निस्कनुहुन्न भन्ने।

हाम्रो समाजको संस्कार, रितिरिवाज, मुल्यमान्यता विविध छन्। छोरी घरकी लक्ष्मी र बुहारी परिवारको गहना मान्छन् सबैले, तर व्यवहारमा यो देखिँदैन।

Villyball

पर्वतको लेस्पारमा हरेक नयाँ वर्षको अवशरमा सिर्पु मेला लाग्ने गर्दछ। यो मेलामा महिला, पुरुष भलिबल र पुरुष बास्केटबल प्रतियोगिता हुने गरेको छ। महिला भलिबल प्रतियोगितामा भाग लिनको लागि प्रत्येक परिवारले घरका छोरीबुहारीलाई कामबाट छुटकारा दिन्छन् र भलिवल अभ्यासका लागि महिनौं अघिदेखि पठाउने गर्छन्।

यसपालीको भलिवल प्रतियोगिताको उपाधि सालिजा गाउँका छोरीबुहारीले हात पारेका छन्। विजयी समूहका खेलाडी निर्मला पुन ४ वर्षीय छोराकी आमा हुन्। १४ वर्षको उमेरदेखि भलिबल खेल्न थालेकी उनले गाउँस्तरमा हुने प्रत्येक भलिबल प्रतियोगितामा थुपै्र पटक भाग लिईसकेका बताउँछिन्। उनले भनिन् ‘घर परिवारले हाम्रो खेलबाट आश गरेका हुन्छन् जितेपछि आफूलाई पनि परिवार र गाउँको इज्जत राख्न सकियो भनेर खुशी लाग्छ।’

घरका छोरीबुहारी प्रतियोगितामा भाग लिने भएपछि परिवारले घरको काम भन्दा अभ्यास खेलमा सहभागी हुन हौंसला दिने गरेको उनी बताउँछिन्। ‘जितेर फर्केपछि गाउँमा सम्मान पाउँदा त खुशीले भुर्इंमा खुट्टा छैन जस्तै हुन्छ’, महिला खबरसँग टेलिफोनमा उनले भनिन्।

प्रतियोगितामा १५ देखि ३० वर्षसम्म उमेरका महिला खेलाडीले भाग लिने गरेको आयोजक स्थानीय मुनस्टार क्लबका अध्यक्ष हिम पुनले जानकारी दिए। अध्यक्ष पुनले भने ‘हाम्रो परम्परा अनुसार हामी हाम्रा छोरीबुहारीलाई प्रतियोगितामा भाग लिन हौंसला र सहयोग गर्ने गरेका छौँ।’

विजेता सालिजा गाँउकी खेलाडी अनिता पुनले गाउँलाई पहिलो बनाउन सकेकोमा आफू मख्ख परेको अनुभव सुनाइन् । पुन भन्छिन् ‘मेहेनत गरेर खेलिएको हुन्छ, जितेपछि घरपरिवार र गाउँको इज्जत बढाइयो भनेर मन साह्रै खुशी हुन्छ।’ यो प्रतियोगितामा आयोजक लेस्पार गाउँ दोस्रो भएको छ।

प्रतियोगितामा बिजेता छोरीबुहारीलाई गाउँमा स्थापित आमा कोष र बुवा कोषले सम्मान गरेका छन्। प्रतियोगितामा पहिलो हुने सालिजा गाउँलाई १६ हजार रुपैयाँ, प्रमाणपत्र र दोस्रो हुने आयोजक लेस्पार गाउँले १० हजार रुपैयाँ र प्रमाणपत्र पाएका छन्।

यस क्षेत्रमा ९५ प्रतिशत मगरको बाहुल्यता रहेको छ। सिर्पु मेला आयोजक समितिका अध्यक्ष पदम पुनका अनुसार यो स्थानीय समुदायले भूमिपुजा गरेपछि लाग्ने मेला हो। तिथी अनुसार यो मेला नयाँ वर्ष अर्थात प्रत्येक वर्षकोे चैत, बैशाखमा लाग्ने गर्छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: