मैले न्याय कहिले पाउने ?


प्रकाशित मिति :2016-04-16 10:00:54

इन्द्रसरा खड्का

Indrasaraबैतडी। म घर नजिकैको स्कुलमा अध्ययन गर्थें। जहाँ मेरो बुवा पनि पढाउनु हुन्थ्यो। म कक्षा ८ मै अध्ययन गर्दा मेरै स्कुलमा पढाउने शिक्षकले मलाई मन पराउन थाल्नु भएको रहेछ। कक्षा १० मा अध्ययन गर्दा उहाँले मलाई भन्नुभयो। ‘म तिमीलाई साह्रै मन पराउँछु, तिमीसँग बिहे गर्छु।’ यो कुरा मैले मेरो बुवालाई भनें। बुवाले पनि केटा केटीको मन मिलेपछि मेरो भन्नु केही छैन, केटा पनि राम्रै हो भन्नुभयो। २०५८ फागुन २७ गते परम्परा अनुसार हाम्रो विवाह भयो।

विवाह भएको एकदुई वर्षसम्म श्रीमान र घरपरिवार सबैले मलाई राम्रै व्यवहार गर्नुभयो। म गर्भवती हुँदापनि मैले घरपरिवारको माया ममता पाएँ। २०६० साल फागुन ३ गते जब मेरो छोरा जन्मियो त्यसपछि मलाई श्रीमानले पिट्न सुरु गर्नुभयो।

घरपरिवारको कचकच र श्रीमानको पिटाईले म तनावमा थिएँ। न मैले बच्चालाई दुध चुसाउन पाएँ न त सुत्केरीमा पेटभरी खान। पोषणको त कुरै वेग्लै। मलाई धारिलो हतियार प्रयोग गरेर कुटियो। श्रीमानले कुट्दा कानको जाली समेत फुटेको छ। यो पीडा कसलाई सुनाउँ? सहन नसक्ने भएपछि छोरा लिएर म माइतीमा बस्न थालें। १३ वर्ष भयो माइत बसेको।

महिलालाई हिंसा गरे कार्बाही गर्ने बिभिन्न कानुनहरू बनेका छन्। कानुन अनुसार दण्ड सजाय लाग्छ भन्ने सुनेकी थिएँ। तर, मेरा लागि न्याय ‘आकाशको फल आँखा तरी मर’ जत्तिकै भएको छ। यहाँ त सकेसम्म डर, त्रास देखाएर नभए पैसा र राजनीतिले प्रशासनलाई आफ्नो पक्षमा पारिँदो रहेछ। यसैकारण मैले अझैसम्म न्याय पाउन सकिनँ। यहाँका प्रहरी, वकिलदेखि लिएर सबै न्याय दिनेहरू पैसामा बिके। नभए किन मैले न्याय पाउन सकिन ?

मैले सुरुमा त आफ्नो श्रीमान समाजमा सबैको परिचित र इज्जत भएको मान्छे हुनुहुन्छ, उहाँकै बदनाम हुन्छ भनेर जति दुःख दिएपनि सहेर बसें। तर, सहिनसक्नु भएपछि महिला अधिकारकर्मीहरूलाई गुहारें। उनीहरूको सहयोगमा अदालतमा मुद्दा दर्ता गर्न खोज्दा मैले उजुरी समेत लेखाउन सकिनँ। के पीडितलाई न्यायका लागि बनेका सम्बन्धित निकायको काम यहि हो ?

यस्तो किन भनेर बुझ्दै जाँदा मेरै श्रीमानले नैै मेरो उजुरी नलेख्न धम्की दिएका रहेछन्। मैले अदालतमा मुद्दा दर्ता गर्ने मान्छे नै नपाए पछि छिमेकी जिल्ला डडेल्धुरा गएर जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी छु। मुद्दा दर्ता गराएको पनि धेरै भईसक्यो। अझैपनि सुनुवाई भएको छैन। अदालतका लागि धेरै काम होलान्, तर हामी जस्ता पीडित महिलाले समयमै न्याय नपाउँदा जीवन कस्तो भोग्नु पर्छ, त्यो त भोग्नेले मात्र बुझेको छ।

जिल्लामा रहेका महिला अधिकारकर्मीले मलाई सहयोग गर्दा उनीहरूले समेत मेरो कारण गालीबेइज्जती सहनु परेको छ। यस्तै हो भने मैले कसरी न्याय पाउने ? के म हिंसामा परेको होइन? कि त म मानव नै हैन? नभए मैले किन न्याय नपाउने? नभए श्रीमानको घरबाट यसरी लखेटीएकी मैले किन न्याय पाइन। म र मेरो १३ वर्षको छोराको भविष्य के हुने? मैले न्याय पाउन के गर्नुपर्छ ???

बैतडीकी एक पीडित महिलासँग गरिएको कुराकानीमा आधारित

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: