एमालेले पार्टीका हरेक कमिटीमा एक तिहाइ महिला सहभागी गराउने


प्रकाशित मिति :2016-04-17 10:21:57

महिला खबर

काठमाडौं । नेकपा एमालेको शुक्रवार सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको व्यवस्था, पार्टी विधानको प्रावधान र घोषणापत्रमा व्यक्त प्रतिवद्धता पूरा गर्न पार्टीका हरेक कमिटीमा न्यूनतम एक तिहाई महिला सहभागिताको सुनिश्चित गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय निकायमा पार्टीका तर्फबाट ५० प्रतिशतसम्म महिला सहभागिताको प्रत्याभूति र प्रमुख उपप्रमुखमध्ये एकजना महिला पदाधिकारीको सुनिश्चितताका लागि व्यवस्थित तयारी गर्न पार्टी पङ्क्तिलाई बैठकले आह्वान गरेको छ ।

सोका लागि योजनावद्ध ढङ्गले महिला पार्टी सदस्यता विस्तार र नेतृत्व विकासका लागि प्रशिक्षण,तालिमलाई अगाडि बढाउन र महाधिवेशनबाट पारित तथा पार्टी नियमावलीमा उल्लेखित महिला हिंसाविरुद्धको आचारसंहितालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न पनि पार्टीका सबै कमिटीलाई आह्वान पनि गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: