प्रहरी निरीक्षकविरुद्ध श्रीमतीद्वारा बहुविवाहको मुद्दा


प्रकाशित मिति :2016-04-17 12:20:16

धनु राई
ओखलढुंगा । बहुविवाह गरेको भन्दै प्रहरी निरीक्षक चन्द्र बहादुर थापाविरुद्ध उनकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगा मुद्दा दर्ता गरेकी छन् । विपत् व्यवस्थापन महाशाखा कार्यदल काठमाडौंमा कार्यरत  थापाविरुद्ध उनकी जेठी श्रीमती ईन्दिरा निरौलाले मुद्दा दिएकी हुन् ।

आफूलाई विवाह गरेर अलपत्र पारी कान्छी ल्याएको भन्दै सोलुखुम्बु माईती भएकी निरौलाले सिन्धुली स्थायी घर भएका थापाविरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।

थापाले केही वर्षअघि ओखलढुंगाकी मेनुका सुवेदीसँग दोश्रो विवाह गरेका थिए । मुद्दा दर्ता पछि थापाविरुद्ध म्यादथप गरी निगरानीमा राखेर अनुसन्धान सुरु गरिएको ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहले जानकारी दिनुभयो । थापा दोषी ठहरिए १ देखि ५ वर्षसम्म कैद तथा ५ देखि २५ हजार रुपैयाँसम्म जरीवाना हुने तथा जगिरबाट बर्खास्त गरिने  जानकारी दिनु शाहले दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: