१३ बर्षीया बालिकालाई बलात्कार गर्ने मुख्य अभियुक्त पक्राउ


प्रकाशित मिति :2016-04-17 12:35:08

ज्ञानु पंगेनी

IMG_20170916_193907नवलपरासी  । नवलपरासीको कावासोतीकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने मध्येका मुख्य अभियुक्त कावासोती १३ लौखानीका कृष्ण महतोलाई प्रहरीले पक्राउ गरी शनिवार वेलुकी सार्वजनिक गरेको छ ।

ईलाका प्रहरी कार्यालय नवलपुरमा पत्रकार सम्मेलन गरि प्रहरीले उनलाई सार्वजनिक गर्दै फरार रहेका अन्य दुईजना अभियुक्तलाई पनि छिट्टै पक्राउ गरिने प्रहरी प्रमुख प्रर्शुराम तिवारीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रहरी प्रमुख तिवारीले महतोलाईे  विराटनगरमा आफन्तकोमा लुकेर बसेको अवस्थामा शनिवार दिउँसो पक्राउ गरेको बताउनुभयो ।
तिवारीका अनुसार महतोले ४ वटा स्थान बदलेर बसेका थिए ।

भरतपुर , काठमाडाैं , सुनसरी र विराटनगर गरी चौथो पटक स्थान फेरेका महतोलाई सुनसरी प्रहरीको समन्वयमा विशेष अपरेशन गरी ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक प्रकाश सिंखडाको नेतृत्वमा गएको टोलीले विराटनगरबाट पक्राउ गर्न सफल जानकारी तिवारीले दिनुभयो ।

महतो  अष्ट्रेलिया जाने तयारीमा रहेकाले फरार हुनसक्ने सम्भावनालाई  मध्येनजर गर्दै विशेष निगरानी गरेर पक्राउ गरेको प्रहरकिो भनाइ छ । अन्य २ जनाको  पनि खोजतलास  जारी राख्ने तिवारीको भनाई छ ।

महतोलाई  म्याद थपका लागि आज जिल्ला प्रहरीमा लगिने र उनलाई नाबालिका तथा सामूहिक बलात्कारको अपराधमा १२ देखि १५ वर्षसम्मको सजाय हुनसक्ने तिवारीले बताउनुभयो ।

गत चैत्र १८ गते साँझ १३ वर्षीया बालिकालाई ३ जनाको समूहले सामूहिक रुपमा बलात्कार गरेको भन्दै उनका आफन्तले किटानी जाहेरी दिएको थिए ।

बालिकाको स्वास्थ्य अझै चिन्ताजनक रहेको छ । बलात्कारका अभियुक्तविरुद्ध बालिकाका आफन्तले किटानी जाहेरी दिएको दुई साता वित्दा समेत पक्राउ गर्न नसकेको भन्दै प्रहरीको व्यापक आलोचना भएको थियो ।  महिला अधिकारकर्मी, आफन्त, स्थानीय बासिन्दा, बालअधिकारकर्मीलगायतले दिनहुँ जसो आन्दोलन गरेका थिए ।

थप समाचार……

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: