पोलियोविरुद्ध ‘बाइभ्यालेन्ट वरल’ खोप आजदेखि


प्रकाशित मिति :2016-04-17 14:39:59

महिला खबर

काठमाडौं । सरकारले  साढे छ लाख बालबालिकालाई ‘बाइभ्यालेन्ट ओरल’ नामको पोलियो खोप दिन  आजदेखि  सुरु गरेको छ । नेपाललाई पोलियोमुक्त  बनाउने लक्ष्यका साथ सबै जिल्लामा सो खोप दिन सुरु गरिएको हो ।

स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाका निर्देशक डा राजेन्द्र पन्तले हाल बालबालिकालाई दिँदै गरिएको ट्राइभ्यालेन्ड ओरल पोलियो भ्याक्सिन पोलियो खोपबाट पनि कालान्तरमा मानिसलाई पक्षाघात हुने सम्भावना रहेकाले त्यसको सट्टा ‘बाइभ्यालेन्ट ओरल पोलियो भ्याक्सिन’ खोप दिन लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘बाइभ्यालेन्ट ओरल’ खुवाउने तयारीसँगै सबै जिल्लामा खोप पठाइसकिएको र यसअघि पठाइएका ‘ट्राइभ्यालेन्ट ओरल’ फिर्ता ल्याउन लागिएको छ ।

खोप शाखाका प्रमुख मुकुन्दराज गौतमले खोपबाट कोही पनि नछुटून् भनेर प्रचारप्रसारको काम भइरहेको यसको अन्य असर न्यून भएको जिकिर गर्नुभयो । उहाँका अनुसार पोलियोविरुद्ध प्रभावकारी मानिएको सो खोप जन्मेको छ सातादेखिका बालबालिकालाई एक महिनाको अन्तरालमा तीन पटकसम्म दिइनेछ ।

सरकारले पहिलो पटक आफैँले  साढे चार अर्ब रुपैयाँमा  एक वर्षलाई पुग्ने २२ लाख मात्रा ‘बाइभ्यालेन्ट ओरल’ खोप खरिद गरेको छ ।

नेपालमा सन् २०१० देखि हालसम्म पोलियो शून्य अवस्थामा छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०१४ मा पोलियो मुक्त प्रमाणपत्र प्रदान गरिसकेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: