राष्ट्रिय महिला फुटबल लिग प्रतियोगिता सुरु : नेपाल प्रहरीको सानदार सुरुवात


प्रकाशित मिति :2016-04-17 16:31:37

महिला खबर

polceeeeकाठमाडाैं । राष्ट्रिय महिला फुटबल लिग प्रतियोगिता आजबाट शुरु भएको छ। समूह ‘ए’ अर्न्तगत आज भएको पहिलो खेलमा नेपाल प्रहरीले मध्यमाञ्चल महिला फुटबल टिमलाई १३ गोलले पराजित गरेको छ। मध्यमाञ्चल महिला फुटबल टिमले एक गोलपनि फर्काउन सकेन। नेपाल प्रहरीले मध्यमाञ्चल महिला फुटबल टिमलाई खेल समय अवधिभर दबावमा राखेको थियो।

मध्यमाञ्चलविरुद्ध नेपाल प्रहरीका निशा सुनारले ६ गोल गरिन्। त्यस्तैगरी निरु थापाले २, सिर्जना खड्काले २, अमृता जैशीले १, रुपा मगरले १ र यशोदा लामाले १ गोल गरे। आजै समूह ‘ए’ अर्न्तगत दोस्रो खेल मध्यपश्चिमाञ्चल महिला टिम र पूर्वाञ्चल महिला फुटवल टिम बीच भइरहेको छ।

प्रतियोगितामा तीन विभागीय र पाँच क्षेत्रीय गरी ८ टोली सहभागी भएका छन्। २ समूहमा विभाजन गरिएको समूहमा प्रत्येकमा ४ वटा टिम छन्।

समुह ‘ए’ मा नेपाल प्रहरी , मध्यमाञ्चल विकास क्षेत्र, पूर्वाञ्चल विकासक्षेत्र र मध्य–पश्चिमाञ्चल छन्। समूह बि मा त्रिभुवन आर्मी क्लव, एपीएफ, पश्चिमाञ्चल र सुदूर–पश्चिमाञ्चल महिला फुटवल टीम रहेका छन्।

यो प्रतियोगिताको विजेता टिमले २ लाख रुपैयाँ, दोस्रो हुनेले १ लाख रुपैयाँ नगद पाउने छन्। बेस्ट फरवार्ड, बेस्ट गोलकिपर, बेस्टमिडफिल्डर, बेस्ट डिफेन्डर र बेस्ट कोचले जनही २५ हजार रपैयाँ नगद पाउनेछन्।

यस आयोजनाको लागि २५ लाख ५० हजार रुपैयाँ रकम छुट्याइएको अखिल नेपाल फुटवल संघ (एन्फा) ले जनाएको छ । तीन विभागीय  बाहेक ५ वटा टोलीलाई ६८ हजार रुपैयाँ अभ्यास खेलका लागि छुट्टयाएइको छ। खेल एन्फा कम्पलेक्स सातदाेवाटोमा १६ गतेसम्म हुनेछ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: