कैलालीमा आङ खस्ने समस्या बढ्दो


प्रकाशित मिति :2016-04-18 12:43:19

खेमा बस्नेत
कैलाली । कैलाली जिल्लामा ३० वर्ष उमेरमाथिका महिलाहरूमा आङ खस्ने (पाठेघर खस्ने) समस्या बढेकोे पाईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य विभागले कैलालीमा गत माघ २० गतेदेखि चैत २७ गतेसम्म जिल्लाका ६ वटा गाविसमा सञ्चालन गरेको आङ खस्ने समस्याको  निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि आएका मध्ये ३० वर्ष उमेरमाथिकका महिलामा सो समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीकी नर्स तारादेवी तामाङले बताईन् ।

‘पहिलो प्रकारको आङ खस्ने समस्यामा पाठेघर तल झर्दा पाठेघरको बाह्य मुखको हड्डीको भित्री चुच्चोभन्दा तल आइपुग्छ’ आईतबार तामाङले भनिन्– पाठेघरको बाह्य मुख योनीद्वारसम्म आइपुग्नु यस समस्याको दोस्रो चरण हो ।

उनका अनुसार समस्याको तेस्रो चरणमा पाठेघरको बाह्य मुख योनीद्वारभन्दा बाहिर निस्किन्छ । त्यस्तै चौथो चरणमा पाठेघर पूरै योनीद्वार बाहिर आइपुग्छ । यो समस्यासँगै अगाडिपट्टिको पिसाब थैली र पछाडिपट्टिको आन्द्रा तथा मलद्वार पनि झोलिन सक्छ ।

दोस्रो चरणको आङ खस्ने समस्यासम्म अवस्था हेरी चुरा (रिङ पेसरी) लगाएर ठिक गर्न सकिने र तेस्रो चरणदेखिको समस्यालाई शल्यक्रियाको जरुरत पर्ने उनले बताईन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयले कैलालीको महोन्याल, सुगरखाल र लालबोझीमा तथा स्वास्थ्य विभागले गोदावरी, चुहा र बौनिया गाविसमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । ती शिविरमा चार सय आठ जना महिलाले उपचार गराएकोमा ४४ जना महिलालाई शल्यक्रिया गर्नुपर्ने र ८२ जना महिलामा रिङ पेसरी राखिएको उनले बताइन् ।

नर्स तारादेवीका अनुसार महोन्याल शिविसमा ६५ जनाले सेवा लिएकोमा सात जनालाई शल्यक्रिया गर्न ल्याइएको र १३ जनामा रिङप्रेसर राखिएको छ । त्यस्तै, सुगरखालमा ६९ जनाले सेवा लिएकोमा १३ लाई शल्यक्रियाका लागि ल्याइएको र नौ जनामा रिङ पेसरी राखिएको छ भने लालबोझीमा ९० जनाले सेवा लिएकोमा छ जनालाई शल्यक्रिया र १२ जनामा रिङ पेसरी राखिएको छ ।

त्यस्तै, गोदावरी गाविसमा ६५ जनामध्ये १२ जनालाई शल्यक्रियाका लागि ल्याइएको छ भने २० जनामा रिङ पेसरी राखिएको छ । त्यस्तै, चुहा शिविरमा उपचारका लागि आएका ५३ महिलामध्ये पाँच जनालाई शल्यक्रिया गर्नुपर्ने र सात जनाको पाठेघरमा रिङ पेसरी राखिएको छ । बौनिया शिविरमा उपचार लिन आएका ६६ महिलामध्ये छ जनालाई शल्यक्रिया गर्नुपर्ने र १५ जनाको रिङ पेसरी राखिएको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

सानो उमेरमा विवाह गर्ने, उमेर नपुगी सुत्केरी हुने,  सुत्केरी अवस्थामा गह्रुंगो काम गर्ने महिलामा धेरैजसो आङ खस्ने समस्या देखिने गरेको उनले बताइन् ।

त्यस्तै, वर्षेनी बच्चा जन्माउने, सुत्केरी अवस्थामा स्याहार नपाउने, पोषणयूक्त खाना नपाउने लगायतका समस्याले पनि महिलामा आङखस्ने समस्या बढेको उनले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: