सार्वजानिक स्थानमा हुने दुर्व्यवहारविरुद्ध साइकल र्‍याली


प्रकाशित मिति :2016-04-18 16:07:08

महिला खबर
पोखरा। सार्वजनिक स्थानमा महिला र किशोरीमाथि हुने दुर्व्यहारविरुद्ध पोखरामा किशोर किशोरीले साइकल र्‍याली निकालेका छन्।
सिद्धार्थ क्लब पोखरा, एक्टिभिष्टा कास्की र महिला अधिकार मञ्च कास्कीको संयुक्त आयोजनामा सार्वजनिक स्थानमा हुने दुर्व्यवहारलाई निरुत्साहित गर्न सो र्‍यालीको आयोजना गरिएको हो।

बाटो, पुल, भवन, प्रतिक्षालय, सार्वजनिक यातायातका साधानहरूमा महिला तथा किशोरीमैत्री वातावरणको लागि सचेतना फैल्याउन साइकल र्‍यालीको आयोजना गरिएको सिद्धार्थ क्लबका अध्यक्ष अनिल श्रेष्ठले जानाकारी दिनुभयो।

कार्यक्रम महिला र किशोरीमाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी अभियानको क्रममा आयोजना गरिएको सिद्धार्थ क्लबका कार्यक्रम संयोजक बलराम तिमिल्सिनाले जानाकारी दिनुभयो।

महिलामाथि दुर्व्यवहार बन्द गर, महिलाको सम्मान गर, सामाजिक न्याय स्थापना गर, भन्ने चेतनामूलक ब्यानर र पर्चा सहित निस्किएको र्‍याली हल्लन चोकदेखि सुरु भएर बाराहीचोक, सहिदचोक, रत्नचोक, सिर्जनाचोक, सिद्धार्थ चोक प्रस्याङ्चोक, शान्तिनगरचोक हुँदै पुन हल्लनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो। कार्यक्रममा अधिकारकर्मीको सहभागिता रहेको थियो।

सिद्धार्थ क्लब पोखरा र एक्टिभिष्टा कास्की तथा महिला अधिकार मञ्च कास्की खुल्ला नेटवर्कका रुपमा महिला तथा किशोरी अधिकारका क्षेत्रमा क्रियाशील रहेर महिला हिंसाविरुद्ध विभिन्न सेचतनामुलक कार्यक्रम गर्दै आइरहेका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: