ज्ञानु पंगेनी
नवलपरासी । १३ वर्षीया बालिकालाई बलात्कार गर्ने अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक ओम प्रसाद चौधरीले दिनुभएको जानकारी अनुसार २७ वर्षका विनोद गुरुङलाई मंगलवार कावासोतीको थकालीचोकबाट पक्राउ गरिएको हो ।
उनी सोमवार घर आएको र लुकीछिपी बसेको भन्ने सूचनामा प्रहरीले थकालीचोकमा हिडिरहेको अवस्थामा पक्राउ गरी मुद्दा दर्ता गरेर जिल्ला प्रहरी कार्यालय परासी पठाएको चौधरीले जानकारी दिनुभएको छ ।
गत चैत १८ गते साँझ कावासोतीकी १३ वर्षीया वालिकालाई ३ जनाले सामूहिक बलात्कार गरेर फरार भएका थिए । घटनाका मुख्य अभियुक्त कृष्ण महतोलाई प्रहरीले गत शुक्रवार विराटनगरबाट पक्राउ गरिसेकेको छ भने एक जना अझै फरार रहेका छन् ।
Comment Here!