महिला खबर
पोखरा । माघ १९ गते हत्या गरिएकी नेहा पुन (योरुना) को हत्याको मुद्दामा जिल्ला अदालतले सोमबार उनको शवको पोस्टमार्टम गर्ने चिकित्सक झिकाउन आदेश दिएको छ ।
जिल्ला न्यायाधीश नरिश्वर भण्डारीको इजलासले शवको पोस्टमार्टम रिपोट बारे थप जानकारी लिन आवश्यक देखिएको भन्दै चिकित्सक झिकाउन आदेश दिएको हो ।
अदालतले प्रहरी अनुसन्धानका क्रममा कागज गर्ने करुण रानाभाटलाई समेत झिकाउन आदेश भएको स्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।
पोखराको नयाँगाउँ घर भइ न्युरोडस्थित स्माइल क्याफेमा कार्यरत १९ वर्षीया नेहा पुनको शव माघ १९ गते बिहान उनकै घर नजिकैभेटिएको थियो ।
उनको हत्या आशंकामा केही युवालाई प्रहरीले पक्राउ गरे पनि सतिश खड्कीको संलग्नता देखिएको भन्दै अरुलाई प्रहरीले छाडेको थियो । प्रहरीले माघ २५ गते पत्रकार सम्मेलन गरी सतिशलाई सार्वजनिक गरेको थियो ।
प्रहरीले फागुन १६ मा जिल्ला अदालत कास्कीमा सतीशविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतको आदेशले उनी फागुन १८ मा पुर्पक्षका लागि जेल चलान भएका थिए ।
Comment Here!