सिस्टर भनेर उडाउँछन् : पुरुष नर्स


प्रकाशित मिति :2016-04-19 14:30:57

‘महिलाले गर्ने काम’ गरिरहेका चार पुरुष नर्सहरु भन्छन्, ‘महिलाले पनि खासै राम्रो मान्दैनन्, पुरुषहरू त ‘सिस्टर आउनु भो’ भनेर उडाउँछन्।’

दुर्गा कार्की

‘दाजुले विराटनगर नर्सिङ क्याम्पसमा भर्ना गरिदिए। मलाई नर्सिङ विषयका वारेमा केही थाहा थिएन। क्याम्पस गएपछि यो विषय झन् मन परेन। २ महिना नहुँदै कलेजबाट भागेँ’ मेची अञ्चल अस्पतालका स्टाफ नर्स विश्वेश्वर चौधरी भन्छन्, ‘दाजुले पुरुष पनि नर्स हुन्छन् भनेर विषयका बारेमा सम्झाइबुझाइ गरेपछि फेरी क्याम्पस गएँ।’

चौधरी स्टाफ नर्समा स्थाइ जागिरे भएको १२ वर्ष भयो। उनले नर्स भएर विरामी सेवा गरेको त २० वर्ष पुग्यो। उनी अहिले सरकारी जागिर खाइरहेका छन्। चौधरी भन्छन्, ‘अरु विषय पढेको भए सायद यति सजिलै र छिटो सरकारी जागिर पाइने थिएन।’

आफ्नो सेवा प्रति चौधरी प्रसन्न छन्। ‘कुरा जागिरको मात्रै होइन,’ उनी भन्छन्, ‘एउटा नर्सले विरामीको सेवा गर्दा उसलाई जुन सन्तुष्टि मिल्छ अरु केहि गरेपनि त्यो मिल्दैन।’

Ramananda mandal

पुरुष पनि नर्स हुन्छन् भन्ने जानकारीको अभावमा कतिपय अवस्थामा चौधरीजस्ता स्वास्थ्यकर्मीलाई अप्ठेरो पर्ने गर्छ। सेतो पोशाक (एप्रोन) लगाएको पुरुष देख्नेवित्तिकै विरामी र उनका आफन्तले डाक्टर ठान्ने अवस्था छ। किनकी सर्वसाधारणलाई पुरुष पनि नर्स हुन्छन् भन्ने जानकारी छैन। चौधरी भन्छन्, ‘सर्वसाधारणको के कुरा, मेरा साथीहरू त उ सिस्टर आयो भनेर जिस्क्याउँछन्।’

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख नर्स (मेट्रोन) गयानन्द मण्डललाई नर्सिङ पढ्दै गर्दा प्रशिक्षार्थीका रुपमा अस्पतालमा काम गर्न जानु पर्‍यो। मण्डल भन्छन्, ‘महिलाले गर्ने काम त्यो पनि ओछ्यान मिलाउनुपर्ने। शुरुमा त वेकार आए जस्तो भयो। तर गर्दै जाँदा त्यहि काम रमाइलो लाग्न थाल्यो।’

अहिले पनि विरामीले उनलाई हत्तपत्त नर्स ठान्दैनन्। ‘डाक्टर साब’ भनेर बोलाउँछन्। उनले भोगेको एउटा रमाइलो प्रसंग छ। एक दिन अस्पतालको प्रसूति वार्डमा एकजना महिलाले सहयोग गर्न गएकी नर्सलाई फर्कादिइन् र उनलाई वोलाइन्। उनले मण्डल डाक्टर हुन् भन्ने सोचेकी रहिछन्। त्यसपछि नर्स केटीहरू ‘केटा नर्सका कारण आफूहरूलाई झन्झट भएको’ भनेर रिसाए। दुर्गम ठाउँमा जान र असजिलो समयमा काम गर्न पुरुष नर्सहरूको सख्याँ बढाउनु पर्छ भन्ने ठान्छन् मण्डल।

Breaker

‘मैले नर्सिङ पढेर ठिक गरेँ’ विराटनगर नर्सिङ क्याम्पसमा पढाउँदै आएका जयनारायण खतिवडा आफू नर्स भएकोमा गर्व गर्छन। मेल वार्डमा काम गर्दा कहिलेकही पुरुषको प्राइभेसीका कारण महिला नर्सले काम गर्न नसक्ने अवस्था हुन्छ। यस्तो वेलामा अस्पतालमा कम्तिमा एकदुईजना पुरुष नर्स भयो भने काम गर्न सजिलो हुन्छ। त्यसैले सरकारले स्वास्थ्य संस्थामा पुरुष नर्स राख्ने नीति बनाउनुपर्ने जयनारायणको माग छ।

पढाई सकेपछि ८ वर्ष नर्सिङ पेशा गरेका खतिवडासँग काम गर्दाका रमाइला अनुभूति छन्। ‘पढदै गर्दा एक दिन प्रसूति वार्डमा जानु पर्ने भयो। मलाई डर लाग्यो। म पुरुष भनेर सहयोग पाउँदिन की भन्ने थियो, तर समस्या भएन। मैले राम्ररी काम गरेँ।’ जयनारायणले भोगेको कुरा के हो भने पुरुष भन्ने बित्तिकै बिरामीले डाक्टर भन्ठान्छन्। म आफू नर्स हुँ भन्छु। अनि बिरामी र तिनका आफन्तले प्रश्न गर्छन, ‘कहिँ पुरुष पनि नर्स हुन्छन् ?’

२०४६ सालमा चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जले कुल महिला नर्स संस्ख्याको १० प्रतिशत सिटमा पुरुष संलग्न गराउने नीति ल्यायो। त्यो ३ वर्ष भन्दा बढी टिकेन। अहिले नर्सिङमा पुरुष भर्ना बन्द छ। दुर्गम क्षेत्रमा नर्स पठाउनका लागि भनेर त्यसबेला पुरुष नर्सिङ नीति ल्याईएको थियो।

२०४६ सालतिर रत्न गुरागाईले विराटनगर नर्सिङ क्याम्पसमा पढन थाल्दा आइ एस्सी नर्सिंङ पढने कुल ४० जनामा उनीसहित ३ जना पुरुष थिए। रत्न भन्छन्, ‘केटीले पढ्ने विषय ठानिन्थ्यो। तर मलाई त्यस्तो अप्ठयारो अनुभव भएन।’

Breaker 1

महाराजगञ्ज नर्सिङ क्याम्पसवाट बीएन गरेका गुरागाईंले २०५० सालदेखि २०६० सालसम्म ३ वटा सरकारी अस्पताल वीर, टेकु र जनकपुर अस्पतालमा नर्स भएर काम गरे। उनी भन्छन्, ‘साथीहरूले मलाई सिस्टर भनेर जिस्क्याउँथे।’ धेरैजसो विरामी हामीलाई नर्स होईन, डाक्टर नै भन्ठनन्थे। कहिले काँही त डाक्टरहरु पनि झुकिन्थे।

कलेजमा पढ्दै प्राक्टिस गर्दा एप्रोन र पाईण्ट पनि सेतै हुन्थ्यो र हामीलाई नर्स भनेर छुट्टयाउन सजिलो हुन्थ्यो। तर काम गर्न थालेपछि केटाहरूलाई पाईण्ट सेतै लगाउनुपर्छ भन्ने नियम थिएन। त्यसैले विरामी र डाक्टरहरू पनि हामीलाई डाक्टर नै भन्ने ठान्थे। रत्नसहित ३ जनाको समूह नर्सिङ पढ्ने पुरुषको पहिलो व्याच हो।

नर्स थोरै भएकाले उनीहरूलाई त्यतिखेर लोकसेवामा नाम निकाल्न सजिलो थियो। अहिले नर्सिङ पढने पुरुषहरू छैनन्। नेपाल नर्सिङ काउन्सिलमा ५२ हजार ३१८ नर्स दर्ता छन् यी मध्ये १२४ मात्रै पुरुष छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

म सिर्फ भीर भीर खोजिरहेछु

-उषा शेरचन- कहाली लाग्दो साँझमा झमझम मृत्युको नशा ब्रान्डी .......! ह्विस्की ....!! रम..................!!! स्लो-प्वाइजन ...!!!!

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: