महिला खबर
काठमाडौं । प्राचिन कालमा सुदूरपश्चिममा १ रुपैयाँमा ५/६ वर्षकी बालिकालाई किनेर भगवतीको मन्दिरमा पुजा गरी देेउकी बनाएर चढाउने गरिन्थ्यो। यो प्रथा त्यो क्षेत्रमा अझै कायम छ। अरुको छोरी किनेर मन्दिरमा देउकी बनाएर चढाउँदा बाँझोपन नहुने अन्धविश्वासले यो प्रथा कायम रहेकोे छ। यो प्रथा अहिले कम भएको छ। सचेतनाले होइन। देउकीको मुल्य बढेर। १ रुपैयाँबाट शुरु भएको देउकी र देउकोको मुल्य बढेर अहिले ७ लाख रुपैयाँसम्म पुगेको छ।
देउकी बनाइदा बालिकाको शिर माथि फोली (कलश) राखेर भगवानको वरीपरि घुमाइन्छ। बालिकाको शिरमा तेल हाल्ने गरिन्छ। जसलाई देवीको तेल परेको भनिन्छ। यो सबै प्रकृया पुर्याएपछि बालिका देउकी हुन्छिन्। देउकी बनाएर मन्दिरमा चढाएका बालिकाले विवाह गर्न हुँदैन। बच्चालाई जन्म दिन हुन्छ।
देउकीसँग प्रसादको रुपमा जो कोही पुरुषले सम्भोग गर्न मिल्छ। यसरी गर्भवती भएकी देउकीले बच्चालाई जन्म दिन मिल्छ। देवीको रुपमा मन्दिरमा चढाइएकी स्वयं देउकीलाई बच्चाको बाबु थाह हुँदैन। धर्मको नाममा कत्ति क्रूर संस्कार। कुसंस्कार भोग्न विवश ती निरीह अबोध नारीहरु। अनि यो वर्गीय समाज। अझै बेच्न र बेचिन बाध्य छन् गरिब।
फेरियोे समय। बद्लियो स्वरुप। त्यो कूसँस्कारको रुप अझै उस्तै। सक्दैनन् पीडितहरू यसको विरोध गर्न। बरु सक्छन् लुकेर बस्न। देवी मान्छन्। लुट्छन अस्मिता। देवीले देवीको रुप धारण गर्न सक्दिनन्। कत्ति निर्लज्ज भक्तहरू।
नेपालको सुदूरपश्चिमका जिल्लाका विभिन्न शक्तिपीठ र महादेवका मन्दिरमा चढाइने देउकी प्रथाबारे तयार पारिएको बृत्तचित्र ‘देबकी इनसर्च अफ देबी’ को आज पहिलो प्रदर्शनमा देखिएका दृश्य। बैतडी जिल्लामा रहेका सातवटा देवीका शक्तिपीठ र महादेवको केही मन्दिरमा अझै याे प्रथा कायम छ ।
देउकी प्रथाको वास्तविक घटनामा यो बृत्तचित्र आधारित छ। निर्देशक देबकी बिष्ट र मण्डला अनलाइनको निर्माणमा बृत्तचित्र बनेको हो।बृत्तचित्रमा धर्मको नाममा समाजमा महिलामाथि हुने गरेको चरम शोषणलाई समेटिएको छ।
Comment Here!