तीन महिला राजदुतमा सिफारिस


प्रकाशित मिति :2016-04-20 11:52:02

महिला खबर

काठमाडौं । सरकारले  २१ वटा देशमा  राजदुत नियुक्तका लागि शिफारिस गरेका मध्ये ३ जना महिला परेका छन् ।

सेवा अधिकारी

सेवा अधिकारी

सरकारले डा शिवमाया तुम्वाहाम्फेलाई इजरायल, सेवा अधिकारी लम्साललाई पाकिस्तान  र लक्की शेर्पालाई अष्ट्रेलियाका लागि राजदुतका लागि शिफारिस   गरेको हो । मंगलवार बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो । उहाँहरू मध्ये तुम्वाहाम्फे र शेर्पा राजनीति र लम्साल परराष्ट्रसेवाबाट हुनुहुन्छ ।

बैठकले बेलायतका लागि दुर्गाप्रसाद सुवेदी क्षेत्री, चीनका लागि महेन्द्रबहादुर पाण्डे, जापानका लागि डा खड्ग केसी, जर्मनीका लागि रमेशप्रसाद खनाल  राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ ।

शिव माया

शिव माया

त्यस्तै, डेनमार्कका लागि युगनाथ लम्साल, साउदी अरबका लागि अलि अफर मिकरानी, दक्षिण कोरियाका लागि युवराज कार्की, बङ्गलादेशका लागि खगेन्द्र बस्याल, श्रीलङ्काका लागि नारदनाथ भारद्वाज नियुक्त हुनुभएको छ ।

रसियाका लागि निरञ्जन थापा, बहराइनका लागि पदम सुन्दास, संयुक्त अरब इमिरेट्स (दुबई) का लागि भरतबहादुर रायमाझी, कतारका लागि डा महेन्द्र सिंह, इजिप्टका लागि झमिन्द्रप्रसाद अर्याल र बेल्जियमका लागि लोकबहादुर थापा हुनुहुन्छ ।

लक्की शेर्पा

लक्की शेर्पा

साथै, बाज्रिलका लागि ताराप्रसाद पोखरेल, म्यानमारका लागि ऋषिराम घिमिरे र अस्ट्रियाका लागि प्रकाशकुमार सुवेदी रहनुभएको छ भने ओमन अहिले खाली रहेको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

यसैगरि बैठकले साहित्यकार झमक कुमारी घिमिरेलाई आजिवन २५ हजार रुपैयाँ मासिक भत्ता दिने निर्णय गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: