दुई/तीन कक्षामा पढ्ने वेला नर्सरीमा


प्रकाशित मिति :2016-04-20 12:10:43

ज्ञानु पंगेनी
नवलपरासी । नवलपरासीका पहाडी जिल्लाका बालबालिका विद्यालय जाने उमेरमा घरमै बसेर दिन विताउँन बाध्य छन्। हातमा कापी कलम लिई विद्यालय गएर शिक्षा हासिल गर्ने समयमा उनीहरु धुलो माटोमा खेलेरै समय विताउँछन्।

उनीहरू विद्यालय जान मनै नभएर अनि घरपरिवार र आर्थिक अवस्थाका कारण विद्यालय जान नपाएका भने होईनन्। भाैगोलिक बनावट कै कारण उनीहरूलाई विद्यालयसम्म पुग्न समस्या हुँदा विद्यालयको पहुँचमा पुग्न नसकेका हुन् ।

जिल्लाको धौवादी गाविसको वडा नम्बर २ मा पर्ने भालेढुङगाका ३ देखि ८ वर्षसम्म उमेरका बालबालिका विद्यालय जान पाएका छैनन्। उनीहरूका अभिभावकलाई आफना छोराछोरीलाई विद्यालय पठाउन मन छ, तर फरक गाविसमा रहेको विद्यालय पुग्न २ घण्टाको बाटो तय गर्नुपर्छ। त्यसैले अभिभावक आफना छोराछोरीलाई घरमै राख्न बाध्य छन।

१९ घरधुरी रहेको सो गाउँमा जम्मा ७५ जनाको जनसंख्या रहेको शिव सामुदायिक अध्ययन केन्द्र कावासोतीका सहजकर्ता दिल वहादुर पाटा बताउनुहुन्छ। आफ्नो गाउँमा विद्यालय नभएर बालबालिकालाई समयमा विद्यालय भर्ना गर्न नसक्दा आफूलाई धेरै दुःख लाग्ने उहाँ बताउनुहुन्छ।

आफ्नै ८ वर्षकी छोरी माया पाटाले बल्ल कक्षा १ मा पढ्दै गरेको उहाँले बताउनुभयो।

आफूले यी बालबालिकाका लागि बाल कक्षा संचालन गर्ने सम्बन्धमा पटक पटक अध्ययनकेन्द्रदेखि विभिन्न सरोकारवाला निकायसँग आग्रह गरेपनि सुनुवाई नभएको उहाँको भनाई छ।

भालेढुङगाका एक अभिभावक विर वहादुर राना मगरका २ छोरा छन्। ४ र ७ वर्षका उनीहरूलाई विद्यालय पठाउन नपाउँदा उहाँलाई दुःख लाग्छ। उहाँ भन्नुहुन्छ – “अहिलेको समयमा छोराछोरीलाई शिक्षाबाट बञ्चित राख्न कसलाई मन हुन्छ र? तर विद्यालय जान २ घण्टाको उकालो ओरालो हिँड्नपर्छ यी कलिला बाबुहरूलाई कसरी कस्को साहारामा पठाउने आफू सधैँसँगै जान सकिन्न अरुको भरमा छोड्न पनि सकिन्न फेरी यस्तो बाटो हिँडेर जान आउन पनी सक्दैनन। त्यसैले अलि ठूलो भएपछि बल्ल पठाउनुपर्ला भनेर सोचेको छु। ”

विर वहादुर जस्तै त्यहाका अन्य अभिभावकको समस्या एउटै छ। आफ्ना बालबालिकालाई ६ / ७ वर्ष नपुग्दासम्म विद्यालय पठाउन नसक्ने। जसले गर्दा त्यहाका बालबालिका २/ ३ कक्षा पढ्ने वेलामा नर्सरीमा भर्ना हुन बाध्य छन्।

सो गाविसका बालबालिका पढ्न करीब २ घण्टाको बाटो हिडेर देउराली गाविसको झ्यालबासमा रहेको ज्वाला माविमा आउनुपर्ने बाध्यता रहेको छ।

सरकाले भर्ना अभियान भनेर तामझामका साथ कार्यक्रम संचालन गरिरहेको छ। तर, सुगम क्षेत्रमा मात्रै यी कार्यक्रम सिमित रहने यस्ता बालिकाका लागि कुनै ठोस योजना नल्याएको रानामगरको आरेाप छ। उहाँ भन्नुहुन्छ – “यो मेरो गाउँको मात्रै समस्या होईन जिल्लाका १७ पहाडी गाविसकै समस्या हो , मेरो गाउँ त एउटा उदाहरण मात्रै हो त्यसैले सबैले यस बारेमा सोच्न जरुरी छ। ”

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: