महिला हिंसा जघन्य र क्रुरतामा रूपान्तरण हुँदैः प्रमुख जिल्ला अधिकारी धनुषा


प्रकाशित मिति :2016-04-20 14:35:34

महिला खबर

जनकपुर । एक ठाउँमा रीति मानिएकालाई अर्का ठाउँमा कुरीति ठान्ने मानसिकताका कारण  महिलामाथि हिंसा  भइरहेको  एक कार्यक्रमका सहभागीले बताएका छन् ।

राष्ट्रिय महिला आयोगले जनकपुरमा आयोजना गरेको प्रथा, परम्परा तथा सामाजिक कुरीतिका कारण महिलामाथि हुने हिंसा सम्बन्धमा जिल्लास्तरीय छलफल कार्यक्रमका सहभागीले बोक्सी, दाइजो, घुम्टो, बालविवाहको प्रथाले महिलाको जीवन असुरक्षित, असंवेदनशील र शोषणमा  रहेको  बताए ।  वैदेशिक रोजगारमा गएका अधिकांशको परिवारिक सम्बन्ध कटुतापूर्ण रहेको  उनीहरूको भनाइ थियो ।

कार्यक्रममा बोल्दै   प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईँले सामाजिक कुरीतिले समाजमा महिला हिंसाको स्थिति अत्यन्त जघन्य र क्रुरतामा रूपान्तरण हुँदै गएको बताउनुभयो । सहायक प्रजिअ दानीकान्त झाले पितृसत्तात्मक चिन्तनका कारण अहिले पनि छोरीको जन्ममा आँसु र छोराको जन्ममा उत्सव मनाउने अवस्था विद्यमान रहेकाले महिलालाई कानुन सम्बन्धी ज्ञानका लागि यस क्षेत्रमा कानुन विषयको विश्वविद्यालयको खाँचो औंल्याउनुभयो ।

जनस्वास्थ्य कार्यालय प्रमुख सच्चिदानन्द देवले मधुश्रावणी पर्वमा महिलालाई डाम्ने प्रवृत्तिमा सुधारको आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा आयोगका सचिव लेखबहादुर  कार्कीले हिंसाका घटनालाई तत्काल सम्बोधन गर्ने व्यवस्था, हिंसापीडित महिलाको स्वास्थ्य सेवाको सुनिश्चितता तथा सुरक्षा र संरक्षणको आवश्यकतामा जोड दिनुभयो ।

नेपाल डेमोग्राफी हेल्थ सर्वेका अनुसार नेपालमा ४८ प्रतिशत महिला आफ्नो जीवनमा कुनै न कुनै प्रकारको हिंसा भोग्न बाध्य तथा ४० प्रतिशत महिला मानसिक हिंसामा छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: