महिला खबर
महोत्तरी। नम्बर खुल्न नसकेको गाडीको ठक्करले महोत्तरीको बर्दिवासमा एकजना महिलाको घटनास्थलमा नै मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–११ बाँके जङ्गलमा ती महिलालाई गाडीले ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
एकाबिहानै सुनसानमा कुन गाडीले महिलालाई ठक्कर दिएको भन्ने बारे खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताउनुभयो । ठक्कर दिने गाडीको खोजी भइरहेको र मृतक महिलाको शवपरीक्षणका लागि जलेश्वर पठाइएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिनुभयो ।
Comment Here!