रमेश रावल
कालिकोट। अत्यधिक रक्तश्राव हुँदा बुधबार जुम्लामा एक गर्भवतीको मृत्यु भएको छ। मालिकाबोता गाविस वडा नम्बर ५ की २० बर्षीया बाँचु रावतको ज्यान गएको हो।
बुधबार दिउँसो ३ बजेबाट रगत बग्न सुरु भएपछि अस्पतालमा समयमा पुर्याउन नसक्दा ज्यान गएको मृतकका श्रीमान काशिचन्› रावतले बताए। उनका अनुसार रगत बग्न सुरु भएको १० घण्टापछि मात्र अस्पतालमा ल्याउँदै गर्दा बाटोमा उनको ज्यान गएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका डाक्टर पुजन रोकायाले समयमा अस्पताल नपुर्याएको हुनाले रावतले ज्यान गुमाउनु परेको बताए। जुम्लामा २०७२ सालमा मात्र ३ जना महिलाले सुत्केरी र गर्भवती अवस्थामा रक्तश्रावका कारणले ज्यान गुमाएका छन्।
Comment Here!