वालविवाहः निगरानी बढेपनि नियन्त्रण हुन सकेन


प्रकाशित मिति :2016-04-21 12:45:02

रुपा गहतराज

नेपालगन्ज । बाँके फत्तेपुर गाबिसकी एक ४ वर्षीया बालिकाको विवाहको साइत जुराइयो। विद्यालयमा पेश भएको जन्मदर्ताका अनुसार उनको उमेर ४ वर्ष थियो।

ती वालिकाको बारेमा स्थानीय बालक्लब मार्फत घटना जब सरकारी निकायसम्म पुग्यो, उनका अभिभावकले उमेर ८ वर्ष बनाएर जन्मदर्ता पेश गरे।

मटेहियास्थित एक १३ वर्षीया बालिकाको विवाह सरकारी र गैरसरकारी निकायको पहलमा गत वर्ष रोकियो। उनका अभिभावकले भारतमा लगेर उनको विवाह गरिदिन खोजेका थिए, तर स्थानीय युवाक्लबहरूले देखाएको सक्रियताका कारण भारतमा पनि विवाह हुन् पाएन।

उनको उमेर बढाएर समेत विवाह गरिदिने प्रयास भएको मटेहिया गाबिसका मुखिया मुन्सी प्रसाद यादवले बताउनुभयो। उमेर बढाउनका लागि अभिभावकहरू जतिसुकै रकम खर्च गर्न समेत तयार भएको बताउँदै मुखिया यादवले भन्नुभयो, ‘कानुन विपरीत काम हुन नसक्ने कुरा प्रष्ट भएपछि अहिले भने उनीहरू छोरीको उमेरको पर्खाईमा बसेका छन्।’

वालविवाहविरुद्ध अायाेजित जनचेतना कार्यक्रम

वालविवाहविरुद्ध अायाेजित जनचेतना कार्यक्रम

 

मधेशी समुदायमा सानै उमेरमा वा जन्मिनेवित्तिकै छोरीका लागि बेहुला खोजेर उनीहरूको विहेको साइत पहिल्यै जुराएर राखिन्छ।

सरकारी र गैरसरकारीस्तरबाट प्रयास भएपनि वालविवाह नियन्त्रण आपेक्षा गरे अनुरुप नभएको सिविन हेल्पलाइन बाँकेका प्रमुख सिद्धराज पनेरु बताउनुहुन्छ। ‘गाउँ गाउँसम्मै अभियान र सचेतना कार्यक्रम संचालन भएका छन्’, उहाले भन्नुभयो, ‘कहीँ धर्मको नाममा त कहीँ परम्पराको नाममा बालविवाह ज्युँ का त्युँ छ।

‘हरेक वर्ष बालविवाह हुन लागेको खबर र उजुरी आउँछ पनेरुले भन्नुभयो – ‘सय बढि उजुरी र सूचना हामी कहाँ छ, आवश्यक कारवाहीका लागि पहल गर्दा अभिभावकले फरक केटी देखाउने, जन्मदर्ता बढाएर पेश गर्ने वा भारत लगेर विवाह गर्ने गरेको पाइएको छ।’

प्रहरीले बालिकाको घरमा गएर विवाह रोक्न भनेपछि केटा र केटी पक्षका दुबै परिवारले निमन्त्रणा कार्ड पठाइसकिएको र धेरै रकम खर्च भै सकेको हँुदा विवाह हुने वातावरण मिलाइ दिन आग्रह गर्ने गरेको प्रहरी भनाई छ।

कुनै घटनामा कारवाही गर्ने वित्तिकै नेताको फोन आउँछ’, बाँकेका प्रहरी प्रवक्ता भिमकिरण बोगटीले भन्नुभयोे, ‘सामाजिक कुसंस्कारको जरो उखेल्न अझै समय लाग्ने भएकोले प्रहरीले गर्ने काम गरिरहेको छ।

बाँके जिल्ला अदालतमा पछिल्लो तीन वर्ष भित्र बालविवाहको एउटा मुद्दामात्र आएको अदालतका श्रेस्तेदार उपसचिव दण्डपाणि लामिछानेले बताउनुभयो। दिनहुँ बालविवाह हुन्छ, तर मुद्दा आउँदैन लामिछानेले भन्नुभयोे –’सामाजिक दबाव, गलत मान्यता र आवाज नउठाउने कारण मुद्दा दर्ता गर्ने क्रम निकै काम रहेको छ।’

बालविवाह बारे प्रशासनिक निकायलाई जानकारी दिनेको गोपनीयता सुुनिश्चित नहुने जोखिमका कारण घटनाबारे जानकारी दिनेहरू घट्दै गएको महिला तथा बालबालिका कार्यालय बाँकेकी फोकल पर्सन विन्दु कुवरले बताउनुभयो

‘गतवर्षको तुलना यस वर्ष सूचना र उजुरीहरू निकै काम आएका छन्’,कुवरले भन्नुभयो –बालविवाह घट्यो कि उजुरीकर्ता घटे सो विषयमा विश्लेषण गर्न नै बाँकी छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: