महिला खवर
चितवन । चितवनको काउले भोटेगाउँकी १२ वर्षीया नाबालिकालाई विवाह गरिदिने भन्दै बेच्न खाेज्ने काउले गाविसका ३७ वर्षीय शेरबहादुर चेपाङ र उनकी श्रीमती ३१ वर्षीया विष्णुमाया श्रेष्ठ चेपाङलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई झुक्याएर गोरखा बुङ्कोट घर भएका एक युवकको जिम्मा लगाएका थिए ।
ती युवकले बालिकालाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गर्दा चैत २० गते कञ्चनपुरबाट नेपाल प्रहरी र माइती नेपालको संयुक्त टोलीले ती बालिकालाई उद्दार गरी घर फर्काइदिए थियो । उनीहरूको अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
यसैगरी प्रहरीले माडी नगरपालिकाका १६ वर्षीया किशोरीलाई भारत लगि बेचबिखन गर्न खोज्ने सोही गाविसका २८ वर्षीय गोविन्द महतो, २४ वर्षीय बुद्धि भुजेल र २३ वर्षीय शनि पङ्गेनीलाई पक्राउ गरेको छ । उनीहरूले गत चैत २९ गते साँझ ती कशोरीलाई बेहोस हुने औषधि मिसाएको फ्रुटी तथा चाउचाउ खान दिई बेहोस बनाएर भारतको मगोई भन्ने स्थान पुर्याएका थिए । ती किशोरीलाई वैशाख २ गते अभिभावकले सो स्थानबाट उद्दार गरेका थिए । उनीहरूविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले अभियुक्तलाई खोजतलास गरी तीनैजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Comment Here!