“सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १४५र्औं अंक विहान ७:३० बजेदेखि ८:०० बजेसम्म रेडियो कान्तिपुर ९६.१ मेगाहर्ज
भोलि शुक्रबार वैशाख १० गते “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १४५र्औं अंक विहान ७:३० बजेदेखि ८:०० बजेसम्म रेडियो कान्तिपुर ९६.१ मेगाहर्जमा काठमाडौं र १०१.८ मेगाहर्जमा काठमाडौं बाहिर सुन्न सक्नुहुनेछ ।
कार्यक्रममा समावेश गरिएका विषयवस्तु:-
- बाँकेमा महिलाले सङ्गठित रूपमा सानोतिनो बचत, लगानी र घरबाहिर निस्केर आयआर्जनका काम गर्न जानेपछि जीवन र परिवारमा आएको सकारात्मक परिवर्तन झल्काउने रुपनी जिएमले तयार पार्नुभएको जिल्ला रिपोर्ट,
- सिड सम्बन्धि आवधिक प्रतिवेदनमा समेटिएका विषय बस्तुमा अधिवक्ता मीरा ढुंगानासित लिइएको समकोण अन्तर्वार्ता,
- केही हप्ताअघि नेपालमा भएको बालिका सम्मेलन र त्यससँग जोडिएका लैङ्गिक विभेद र कुरीतिजन्य समस्या समाधानका बारेमा काठमाडौं रिपोर्ट,
तपाईंले हामीलाई सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा भेट्न र हाम्रो वेबसाइटको लिङ्क http://www.sancharika.org/portal/index.php… र अनलाइन www.mahilakhabar.com मा पनि सुन्न सक्नुहुने छ ।
Comment Here!