स्कुलबाहिर हुने बालिकाकाे संख्या धेरै


छोरी पढाउनुहुन्न भन्ने चिन्तन पखालिएनः शिक्षाविद

प्रकाशित मिति :2016-04-22 12:52:19

दुर्गा कार्की
काठमाडौं । सरकारको तथ्यांक अनुसार अहिलेपनि बिद्यालयबाहिर हुने बालिकाकाे संख्या धेरै देखिएको छ । प्राथमिक तहमा ५६ हजार ९५६ बालिका विद्यालय वाहिर छन् । यो संख्या आधारभुत तहमा दुई लाख ६१ हजार ७४२ रहेको छ । ५ देखि १६ वर्ष उमेरका छ लाख २९ हजार ७६ बालिका विद्यालय बाहिर रहेको सरकारी तथ्याकं छ । यो तथ्यांकले विद्यालय बाहिर हुनेमा बालक भन्दा बालिका धेरै देखाएको छ  ।

शिक्षाविद डा. विद्यानाथ कोइराला भन्नुहुन्छ ‘छोरीलाई पढाउनु हुँदैन भन्ने चिन्तन अझैपनि पखालिएको छैन । त्यसैको परिणाम स्वरुप अझैपनि बिद्यालय बाहिर हुने बालिकाको तथ्याङ्क धेरै छ ।’

सरकारले ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नारासहित देशभर विद्यार्थी भर्ना अभियान चलाइरहेको छ ।  विद्यालय बाहिर रहेका ५ देखि १२ वर्षसम्मका बालबालिकालाई विद्यालयमा ल्याउन  सरकारले भर्ना अभियान सुरु गरेको हो । तर, यस्तो अभियानले ती वाहिर रहेकालाई बिद्यालयसम्म ल्याउन नसकिने उहाँको तर्क छ । गाउँमा अझैपनि परम्परागत न्यायिक संरचनाहरू निकै बलिया भएकाले उनीहरूसँगको सहकार्यविना अभियान सफल नहुने उहाँको भनाइ छ ।

वैशाख २ देखि १४ गतेसम्म चेतनामूलक र प्रचारात्मक तथा वैशाख १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरिने शिक्षा विभागले जनाएको छ ।

विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउन केहीवर्षदेखि सरकारले भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।
शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न  नियमित विद्यालय बाहेक  वैकल्पिक सिकाइ केन्द्र र सामुदायिक अध्ययन केन्द्र  केही जिल्लामा सञ्चालनमा  आइसकेको र केहीमा ल्याउने तयारी भइरहेको शिक्षा विभाग अनिवार्य शिक्षा तथा वाल अधिकार इकाइका प्रमुख तथा उपनिर्देशक कमला ज्ञवाली बताउनुहुन्छ । उहाँका अनुसार आर्थिक रुपमा अति विपन्न र सरकारको आर्थिक सहयोगविना बिद्यालय पठाउनै नसक्नेहरूमात्रै अहिले विद्यालय बाहिर छन् ।

अहिले ६५ लाख ६२ हजार १४८ जना विद्यार्थी विद्यालयमा अध्ययनरत छन् ।  तर, पाँच लाख ५८ हजार ९२५ बालक र ६ लाख २९ हजार ७६ बालिका गरि ११ लाख ८८ हजार १ बालबालिका अझै विद्यालय बाहिर रहेको जानकारी विभागले दिएको छ  । जसमध्ये १० लाख ९२ हजार ३४२ जना बालबालिका दुर्गम क्षेत्रका र बाँकी शहरी क्षेत्रका  बालबालिका  विद्यालय बाहिर छन् ।

सवैभन्दा धेरै ३६ प्रतिशत  पाँच वर्षसम्मका बालबालिका बिद्यालय बाहिर छन् ।

राजधानी काठमाडौं समेत  सबैभन्दा बढी बालबालिका विद्यालयबाहिर भएका १५ जिल्लामध्ये पर्छ । अन्य जिल्ला रौतहट, सर्लाही, धनुषा, महोत्तरी, बारा, सिरहा, पर्सा, सप्तरी, कपिलवस्तु, रुपन्देही, सुनसरी, मोरङ, बाँके, कैलाली  रहेका छन् । शिक्षाविद कोइराला एउटा पुस्तालाई जर्वजस्ती  शिक्षित बनाउन सकियो भने फेरी यस्ता अभियान चलाउनु नपर्ने बताउनुहुन्छ । ‘आमालाई पढाइदियो भने फेरी तिम्रो बच्चा बिद्यालय पठाउ भनेर घरघरै जानुपर्ने अवस्था आउँदैन’ उहाँ भन्नुहुन्छ ।

उहाँका अनुसार आर्थिक सहयोग सिधै दिनुभन्दा आफ्ना छोराछोरी  विद्यालय पठाउन नसक्ने अभिभावकलाई काम दिनुपर्ने उहाँको सुझाव छ । सरकारले सडक बनाउँदैछ भने त्यस्ता  समुदायका अभिभावकलाई प्राथमिकता दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: