सुत्केरी किशोरी अस्पतालमा अलपत्र


प्रकाशित मिति :2016-04-22 14:40:57

इन्द्रसरा खड्का

बैतडी । मानसिक सन्तुलन गुमेका बेला बलात्कारमा परेर गर्भवती भएकी बैतडीकी एक किशोरी सुत्केरी भएपछि अलपत्र परेकी छन् ।

विशालपुर गाविसकी १७ वर्षीया ती किशोरीले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा गत चैत २५ गते छोरी जन्माएकी थिइन् । उनी अहिले जिल्ला अस्पतालमा बस्दै आएकी छन् । ती किशोरीका परिवार र आफन्त छैनन् । गत असारमा मानसिक समस्या भएका बेला उनी बलात्कारमा परेर गर्भवती भएकी थिइन् ।

 उपचारपछि स्वस्थ भएकी उनी गर्भवती रहेको खुलेको थियो । यसअघि उनी मेलौलीको एक होटल छेउको छाप्रोमा बस्दै आएकी थिइन् । आफन्तको सहारा नभएको पीडाले मानसिक सन्तुलन बिग्रिएपछि विगतका कुरा उनलाई थाहा छैन ।  गर्भवती भएको  सार्वजनिक भएपछि उनी सामाजिक तिरस्कारमा परेकी हुन् ।  उनको पेट बढ्न थालेपछि स्थानीय महिलाले उनलाई स्वास्थ्य संस्था लगेका थिए ।

बुबाको आमाको निधनपछि  उनका बाजेले हेरचाह गरेका थिए ।  केही वर्षअघि बाजेको  पनि मृत्यु भएपछि छिमेकी आफन्तले उनलाई पालेका थिए । ती आफन्त तराईतिर बसाइँ सरेपछि उनी एक्ली भएकी हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: