खेललेमात्रै भविष्य बन्दैनः चन्द्रबदना राई, रेफ्री भलिवल


प्रकाशित मिति :2016-04-22 17:11:18

रुपा गहतराज

नेपालगन्ज । भलिबलका अन्तर्राष्ट्रिय रेफ्रि चन्द्रबदना राईको व्यस्तता यतिबेला निकै बढेको छ। प्रधानमन्त्री कप महिला भलिबल तेश्रो संस्करणका लागि नेपालगन्ज आइपुगेकी उनले लगातार पहिलो र दोश्रो संस्करणको प्रधानमन्त्री कप महिला भलिबल नेपालगञ्जमा खेलाईसकेकी छन्।

निष्पक्ष खेल खेलाउने रेफ्रीको रुपमा परिचय बनाएकी बदनाले एम्पायरीङ शतप्रतिशत सच्चा र ईमान्दारितापुर्वक आफ्नो जिम्मेवारी पुरा गर्दै आएको बताउँछिन्। उनले रेफ्री भएर काम गर्न थालेको १४ वर्ष भयो।

‘निष्पक्ष भन्ने कुरा यो वा त्यो संस्करणमा भन्ने हुँदैन। सबै खेलमा उही नियम र उही व्यवहार हुन्छ। त्यसैले यसमा कुनै दुविधाको कुरै हुँदैन’ चन्द्रबदना भन्छिन्। अन्तर्राष्ट्रिय एम्पाएरको नाताले आफूले आफ्नो हरेक जिम्मेवारीलाई निष्पक्ष रुपमा निर्वाह गरेको उनी बताउँछिन् ।

‘खेल एउटा त्यस्तो कुरा हो जसलाई जहाँ जुन ठाउँमा खेलाईए पनि नियम एउटै हुन्छ’ उनी भन्छिन्।

badana

खेलले समाजलाई एकताको सन्देश दिनेमात्र होइन मानिसलाई स्वस्थ बनाउने एकमात्र उपाय भएको उनको तर्क छ। उनी भन्छिन् ‘अन्य मुलुकसँगको सम्बन्धलाई खेल र खेलाडीहरूको माध्यमबाट जोडिरहेको सुमधुर बनाइरहेको छ ।’

खेलले महिलाको शक्ति र क्षमतालाई प्रदर्शन गरिरहेको उनी बताउँछिन्। तर यसका लागि राज्यले कुनै पनि सहयोग नगरेकोमा उनको गुनासो छ। भलिवल खेलको विकासका लागि बजेट छुट्टयाउन नसक्दा खेलको प्रगती हुन नसकेको उनको ठम्याई छ।

भलिबल आजसम्म यसरी टिक्नुमा पदाधिकारी, खेलाडी र प्रशिक्षकहरूको सक्रियता, निरन्तर प्रयास र निस्वार्थपुर्ण भावनाको प्रतिफल भएको उनले बताइन्।

राजनीतिक स्थायित्व नहुँदा र दिर्घकालीन रणनीतिको अभावमा खेलकुद क्षेत्रको विकास हुन नसकेको उनी बताउँछिन् । ‘छोटो समयका लागि बन्ने सरकारले खेलकुदमामात्र हैन कुनै पनि क्षेत्रको राम्रोसँग विकास गर्न सकेको छैन। यस्तो अवस्थामा हामीले चाहेर पनि राज्यलाई उत्तरदायी बनाउन खेल क्षेत्रसँग सम्बन्धित जिम्मेवार ब्यक्तिले आफनो भूमिका खेल्न नसकेको हो’ उनी भन्छिन्।

लामो समय खेल क्षेत्रमा बिताएकी चन्द्र बदना आफैँ भने नेपाल जस्तो देशमा खेलकुद क्षेत्रमा लागेर भविष्य बनाउँन नसकिने बताउँछिन्। उनी भन्छिन् ‘त्यसमा पनि भलिबल खेलेरै बाँच्छु भन्ने कुरा पनि झन गाह्रो कुरा हो।’

अहिलेको समयानुसार यदि खेलमै आफ्नो पहिचान बनाउँछु भनेर लाग्ने हो भने खेलसँगै पढाईलाई अघि बढाउनु पर्ने उनको सुझाव छ। …जस्ले गर्दा भविष्यमा अन्तर्राष्ट्रिय रुपमा राम्रो कुनै अवसर आएको खण्डमा खेलसँगै जोडिएको शैक्षिक योग्यताकै कारण माथि जान सकिन्छ’ उनी भन्छिन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: