कामको इज्जत नगर्ने शहर


प्रकाशित मिति :2016-04-25 13:05:47

शहरका मान्छेले कामको इज्जत गर्न जान्दैनन् । केटी पनि खलाँसी भनेर हेप्छन्, तर जसले जे भनेपनि अबका महिला कसले के भन्ला भनेर काम नै नगरी बस्न सक्दैनन् ।

नुनुता राई

Ass3

काठमाडौं  । ‘कत्ति राम्री छ्यौ मुख नढाक न हौ बैनी, हेरुम न हामी पनि ।’ महानगर यातायातकी परिचारिका तारा राउतले धुलो छल्न पातलो सलले आफ्नो अनुहार ढाक्दा  गाडीमा बसेका तीन जना युवक मध्ये एक युवा भन्दै थिए ।

ताराले पनि ‘राम्रो चीजलाई काँ हेरिरहन पाइन्छ त’ भनेर रुखो जवाफ फर्काइन् । त्यस लगत्तै अर्का युवाले ‘कत्ति छुच्ची,  के तिमी त राम्रो मान्छे त कराउँदा नि राम्री देखिन्छ ।’ भन्दै तीनै युवाहरू गलल्ल हाँसे । ताराले ती युवाको कुरालाई वास्ता नगरी यात्रुको भिडलाई संयोजन गर्न थालिन् ।

विराटनगरबाट आएपछि दशवर्ष कपडा पसलमा काम गरेर गाडी लाइनमा आएकी रहेछिन् उनी । महानगर यातायात प्रालिले गत चैतदेखि ३९ वटा गाडी सञ्चालनमा ल्याएको छ । त्यसमा अठार जना महिला परिचारिका छन् । तीनै मध्येकी एक हुन तारा ।

कामको बारेमा जानकारी पाएपछि नयाँ कामको अनुभव लिने रहरले काम गर्न आएको उनले बताईन । ‘दाईले जहाँ पनि काम गर्ने त हो भन्नुभयो, ‘ट्राई’ गरुम न त भनेर आएको ।’ काम गर्न त रमाइलो छ, तर यसरी नियतवश दुःख दिने केटाहरूको व्यहोराले  दिक्क लाग्छ’ उनले भनिन् ।  दिनमा हजारौँ यात्रुसँग कुरा गर्नुपर्छ  । भाडा दिन किचकिच गर्छन् । हेर्दा बुझ्ने र पढलेखेकाहरू नै रुखो व्यवहार गर्ने अनुभव रहेछ उनको । भन्छिन् ‘कत्तिले त मेरै अगाडी केटी मान्छे भएर पनि गाडीमा काम गर्ने ? भन्छन् ।’

Ass1

दिनमा चार ट्रिप हिँड्नु पर्छ , तर जाम हुनु र नहुनुले फरक पार्छ । पाँच घण्टा देखि दश घण्टासम्म गाडीमा हिँड्नुपर्ने उनले बताइन् ।
सिता स्याङ्तान सिलाई तालिम गरेरपपनि मकवानपुरदेखि गाडी परिचालिका हुन आएकी छिन् । गाडीमा महिला परिचारिका राख्ने माइती नेपाल मार्फत जानकारी पाएपछि उनी काठमाडांै आएको बताउँछिन् । काम थालेपछि यस्मै रमाइरहेकोे अनुभव छ उनको । उनको अनुभवमा शहरका मान्छेले कामको इज्जत गर्न जान्दैनन् । गाउँमा बस्दा जसले जे काम गरेपनि कसैले केही नभन्ने, तर यहाँ आएर केटी मान्छे भएर पनि यस्तो गर्ने उस्तो गर्ने भनेर हेपिएको अनुभव गरिसकिन् उनको । भनिन ‘मलाई नै कत्तिले केटी मान्छे पनि खँलासी ।’ भनेर छक्क परेर हेर्छन् । काम जसले जे सक्छ त्यो गर्ने हो तर शहरमा पढेको मान्छेले नै केटाको काम र केटीको काम भनेको उनलाई चित्त बुझ्दैन । ‘यिनीहरूको अगाडि अब गाडी चलाउन सिकेर सरर गाडी चलाउने हो ।’

13063985_1012095568874560_100236585_o

योगकुमारी सुवेदी ३५ वर्ष पुगिन । ठेलामा पसल गर्दागर्दै गाडी लाइनमा आएको उनले बताइन् ।  कामको हिसाबले सहज भएपनि कमाई अलि कम भएको उनको अनुभव छ । ‘गाडीमा धेरै कराउनु पर्ने हुन्छ । मेरो स्वर सानो भयो भनेर अफिसमा भन्छन् । मैले स्वर ठुलो कसरी बनाउने ।’ उनको दुःखमा साथ दिने कोही छैन, त्यसैले उनी जस्तो गाह्रो भएपनि काम गर्न पछि पर्दिनन् । भनिन् ‘छोरा पढाउन कै लागि भएपनि मैले काम गर्नुपर्छ ।’ निश्चित भाडा तोकिए पनि यात्रु भाडा तिर्न किचकिच गर्दा भने उनलाई दिक्क लाग्छ ।

धनकुटा पाख्रीबासका दल बहादुर तामाङ, ४ वर्ष खाडीमुलुक बसेर आएका हुन् । उनी पनि अहिले महानगर यातायातमा परिचारकको रुपमा कार्यरत छन् । उनी महिला सहकर्मीलाई देखेर दङ्ग छन् । उनको अनुभवमा पुरुष भन्दा महिला बढी काममा खट्छन् । भन्छन् ‘बिहान ६ बजेदेखि दिउँसो दुई बजेसम्म लगातार कराउँदै हिँड्नुपर्छ र पनि उनीहरू फुर्तिलो नै देखिन्छन् ।’ तामाङले भने ‘महिलाले जस्तो काम पनि गर्न थालेपछि मनभित्रैबाट समर्पित भएर काम गर्छन् ।’ उनी समयले मान्छेको व्यवहार परिवर्तन नभई सोचले हुने बताउँछन् ।

महानगर यातायात कार्यालयका कर्मचारी यमबहादुर मगर भन्छन् ‘जत्तिसुकै आधुनिक समय भनेपनि महिलाको काम भनेको खाना पकाउने, लुगा धुने, बालबच्चा स्याहार्ने हो भन्ने सोचाई धेरैमा छ ।’ यस्तो उनीहरूको व्यवहारबाट थाहा हुने उनको अनुभव छ । गाडीकै कुरा गर्नु पर्दा पुरुष परिचारकलाई महिला यात्रुले जिस्काएको सुनेका छैनन् । बरु परिचारकले यात्रुलाई जिस्काएको सुन्न अथवा देख्न सकिन्छ । अबका महिला मान्छेले के भन्लान् भनेर काम नै नगरी बस्न सक्दैनन् । यसलाई समाजले साथ र हौंसला दिनुपर्ने जोड दिन्छन् महानगर यातायातका परिचारिकाहरू । उनीहरू भन्छन् ‘हामीले शैक्षिक योग्यतासँगै दृष्टिकोण फराकिलो बनाउन जरुरी छ, जहाँ कामको सम्मान होस ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: