महिला खबर
काठमाडौं। लेखक बारबार एडम्सको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। हिन्दु संस्कार अनुसार उनको अन्त्येष्टि गरिएको हो। दाहसंस्कार गर्नुअघि उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो। अन्तिम श्रद्धाञ्जलीका लागि एमाले उपाध्यक्ष बामदेब गौतम, नेता हिसिला यमीलगायत प्रज्ञा प्रतिष्ठान पुगेका थिए।
८६ वर्षीया एडम्सको गत शुक्रवार निधन भएको थियो। अमेरिकाबाट ३० वर्षको उमेरमा नेपाल आएकी उनी ५६ वर्षदेखि नेपालबस्दै आएकी थिइन्। पुर्व राजपरिवारका सदस्यसँग जोडिएकी उनले वर्षौंदेखि नेपाली नागरिकताका लागि लड्दै आएर २०६५ सालमा प्राप्त गरेकी थिइन्।
नेपालको दुर्गम क्षेत्रमा समाज सेवामा सक्रिय एडम्सले बिभिन्न पत्रपत्रिकामा लेख लेख्दै आएकी थिइन्।
Comment Here!