कोरियामा विवाह गरी पुगेका नेपाली महिलाको अवस्था दासतापूर्ण : राष्ट्रिय मानव अधिकार आयोग


प्रकाशित मिति :2016-04-25 17:04:56

महिला खबर
काठमाडौं। कोरिया र चिनमा विवाहको वहानामा महिलालाई बेच्ने प्रबृत्तिको रुपमा देखा परेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ। आयोगले आज सार्वजनिक गरेको मानब बेचविखन राष्ट्रिय प्रतिवेदन २०७०/२०७१–२०७१/२०७२ मा सन् २००५ देखि २०१३ सम्म एक हजार महिला विवाह गरि कोरिया पुगेको र उनीहरूमध्ये धेरैले दासतापुर्ण जीवन बिताइरहेको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ ‘यीमध्ये ३ सय महिलाले खुशी साथ बिबाह गरेको र बाँकी संख्याले दासतापुर्वक जिवना बिताउनु परेको अवस्था रहेको छ।’ प्रतिवेदन अनुसार नेपालमा कम्तीमा ८३ वटा यस्ता बिबाह गराईदिने एजेन्सी सञ्चालनमा रहेका छन्।

यसैगरि मनोरञ्जन उद्योग (डान्स बार, मसाज पार्लर, क्याबिन रेष्टुराँ) मा कति संख्यामा श्रमजीवी महिला कार्यरत रहेको छन् भन्ने ताजा अध्ययन नभए पनि काठमाडौंमा मनोरञ्जनका क्षेत्रमा थुप्रै श्रमिक महिला कार्यरत रहेको र उनीहरू आर्थिक रुपले ठगिएको, यौन र्दुब्यबहार, शोषण र बेचविखन तथा ओसारपसारको जोखिममा रहेको पाईएको प्रतिवेदनले जनाएको छ। आयोगका अनुसार यो क्षेत्र ग्रामीण महिलाको गन्तब्यको रुपमा र अन्तरदेशीय बेचविखनको बिशेष गरि खाडी मुलुकमा हुने बेचविखनको स्रोतको रुपमा देखिएको छ।

HR report

हानिकारक परम्परागत अभ्यासकाकारण बाल बिबाह र बालिकाविरुद्धको हिंसाका कारण पनि बलबालिका बेचविखनको जोखिममा रहेको आयोगले ठहर गरेको छ। अध्ययन अनुसार सन् २०१३ मा ७१३ जना बालिका विभिन्न प्रकारका हिंसामा परेको पाईएको जसमा जवरजस्तीकरणीको संख्या मात्रै ५७ प्रतिशत रहेको, यौन र्दुब्यबहारमा २५.५ प्रतिशत र बालिका बेचविखन ९ प्रतिशत रहेको पाईएको छ।

नेपालमा अझैपनि हराईरहेको बालबालिकालाई बेचविखनसँग जोडेर हेर्ने गरेको नपाईएको प्रतिवेदनले आैंल्याएको छ। भारतको उच्च अदालतले मे १०, २०१३ मा जारी गरेको आदेश अनुसार यदि हराएका बालबालिका जाहेरी दर्ता भएको ४ महिनाको अवधि भित्र फेला नपरेमा मानब बेचविखनविरुद्धको ईकाईमा लगिने र उक्त अवधीपछि हराईरहेका बालबालिकालाई बेचविखन भएको मानी सो बिषयमा बिस्तृत अनुसन्धान गर्नुपर्ने आदेश जारी भएको तथ्य प्रस्तुत गर्दै आयोगले नेपालमा पनि हराईरहेको बालबालिका र बेचविखन बिच सम्बन्ध रहेकाले यसलाई पनि बेचबिखनसँग जोडेर हेर्नुपर्ने सुझाएको छ।

प्रतिवेदनले धर्मपुत्र पुत्री ग्रहण र बेचविखन बिच सम्बन्ध देखिएको जनाएको छ। आर्थिक बर्ष २०७०/२०७१ र २०७१/२०७२ मा अघिल्ला वर्षको तुलनामा धर्मपुत्र पुत्री ग्रहण गर्ने क्रम घटेको देखिएको छ। अघिल्ला वर्षहरुमा ५० जना भन्दा बढीको संख्यामा धर्मपुत्रपुत्रीका नाममा बेच्ने गरिएको थियो।

नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयमा आर्थिक वर्ष २०७०/२०७१ मा अभिलेख भएको ५ हजार १६८ जना हराएका ब्यक्ति मध्ये ३ चौथाई महिला र ४० प्रतिशत बालिका रहेका थिए, भने आ.ब. २०७१/२०७२ मा नेपाल प्रहरीबाट विभिन्न नाका र क्षेत्रबाट ४२५ जना बालबालिकाको उद्दार भएको थियो।

भूकम्पपछि बेचविखन बढ्यो

बैशाख १२ को भूकम्पपछि बेचविखन तथा ओसारपसारको जोखिम कम्तीमा १५ देखि २० प्रतिशतले बृद्धि भएको आयोगले जनाएको छ।
भूकम्पपछि महिला तथा बालबालिका बेचविखनको परिमाणमा बढेको प्रम्ााणहरुबाट देखिएको आयोगको भनाइ छ। भूकम्पपछिको ३ महिनामा १ हजार २३३ जना महिला र बालबालिका हराईरहेको संख्या नेपाल प्रहरीले अभिलेख गरेको र नेपाल र भारतको सीमा नाकाबाट प्रहरीले भूकम्पपछि १६१ जना बालबालिकाको उद्दार गरेको थियो।

आयोगले बेचविखनका विभिन्न स्वरुपहरू देखा पर्दै आएको, तर एकीकृत तथ्यांक प्रणालीको अभावका कारण बेचविखनका बिभिन्न स्वरुपको परिमाणलाई यकिन गर्न कठिन रहेको निष्कर्ष निकालेको छ। आयोगका अनुसार बैदेशीक रोजगारीका नाममा हुने बेचविखन विभिन्न आधार प्रमाणहरूबाट देखिएको छ ।

कानून कार्यन्वयनको अवस्था पुर्ण सन्तोषजनक नरहेको र निगरानी र अनुगमन अझै प्रभावकारी हुन नसकेको आयोगको भनाइ छ। नेपाल सरकारको उद्दार, स्वदेश फिर्ती जस्ता काम अझै बढि प्रभावकारी हुन नसकेपनि न्याय दिने काम भने उत्साहजनक नै पाईएको प्रतिवेदनले भनेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

म सिर्फ भीर भीर खोजिरहेछु

-उषा शेरचन- कहाली लाग्दो साँझमा झमझम मृत्युको नशा ब्रान्डी .......! ह्विस्की ....!! रम..................!!! स्लो-प्वाइजन ...!!!!

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: