महिला खबर
धनकुटा, । जङ्गलमा ऐंसेलु खान जाँदा ताङ्खुवास्थित ज्यामिरेमा मृग मार्न पासो थापेको भरुवा बन्दुक पड्केर स्थानीय बुधमाया भट्टराई घाइते भएकी छन् ।
बारीको काम सकेर घर फर्कने क्रममा जङ्गलमा ऐंसेलु खान गएका बेला पासोमा राखिएको भरुवा बन्दुक पड्किएर २८ वर्षीया बुधमाया भट्टराईलाई लागेको हो । खुट्टामा छर्रा लागेर घाइते भएकी भट्टराईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पासो थापेको आरोपमा ताङ्खुवा कै शेरबहादुर लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विमल बस्नेतले जानकारी दिनुभयो ।
Comment Here!