दाइजोमा लिएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुन बन्दै


दाइजो लिनेलाई तीन र माग्नेलाई पाँच वर्ष कैद

प्रकाशित मिति :2016-04-27 11:27:28

महिला खबर

CA building

काठमाडाैं । फौजदारी कसूर सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले दाइजो प्रथा रोक्न विवाहमा हुने कुनैपनि प्रकारको लेनदेन बन्देज लगाउन प्रस्ताव गरेको छ ।

स‌ंसदमा छलफल मै रहेको यो विधयेकमा कुनै जात समुदायको आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चलअचल दाइजो वा कुनै सम्पत्ति माग गरी र लेनदेनको शर्त राखी विवाह गर्न नपाउने व्यवस्था छ । साथै यस्तो काम गराउन वा सहयोग गर्न र साथ दिन समेत नपाउने व्यवस्था विधयेकमा छ ।

यस्तो कार्य विवाह पुर्व वा पछि पनि कसैले गरेमा अपराध मानी कारवाही गर्ने व्यवस्था विधयेकमा छ । ‘विवाहपछि कुनै चलअचल सम्पति, दाइजो माग गर्न र त्यस्तो चलअचल सम्पति, दाइजो नदिएका कारण दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन, कुनै अमानवीय, अपमानजन्य व्यवहार गर्न पाईने छैन’ विधयेकमा भनिएको छ ।

breaker 1

कानुनले रोक्दा-रोक्दै विवाहमा पुर्वसर्त वा माग राखी विहे गरेको, केटी पक्षको कुनै सम्पत्ति लिएमा त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता दिनुपर्ने र कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था विधयेकमा छ ।

यसैगरि विधयेकमा विवाहपछि कुनै चलअचल सम्पति, दाइजो माग गर्न र त्यस्तो चलअचल सम्पति, दाइजो नदिएका कारण दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन, कुनै अमानवीय, अपमानजन्य व्यवहार गरेको पाईएमा यस्तो गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

Breaker

यसैगरि कुनैपनि  पुरुष वा महिलाले बहुविवाह गरेमा ३ वर्ष कैद र तीस हजार रुपैयाँ कैद हुने व्यवस्था यो विधेयकमा गरिएको छ ।

विधयेकमा बालविवाह गर्ने वा गराउनेलाई एक वर्ष कैद र दश हजार रुपैयाँ कैद हुने व्यवस्थन गरिएको छ । साथै कानुन विपरीत भएको यस्तो विवाह स्वतः रद्द हुने व्यवस्था छ । वीस वर्ष नपुगी विवाह गरेमा वा अठार वर्ष पुरा भइ २० वर्ष नपुगेको व्यक्तिले अफ्ना संरक्षकको सहमति लिइ विवाह गर्न सक्ने उल्लेख छ । विधयेकमा घटना भएको तीन महिना भित्र उजुरी दिई सक्नुपर्ने उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: