महिला खबर
काठमाडौं। चैत महिनामामात्र २७ जना किशोरी तथा महिलामाथि बलात्कार भएको र १० जना महिलाको हत्या भएको एक अनुगमनले देखाएको छ।
सञ्चारिका समूह नेपालले चैतमा १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनले बलात्कृत २७ जना मध्ये १३ जना १० देखि १५ वर्ष उमेर समूहका रहेको देखाएको छ । बलात्कारसम्बन्धी यी घटनाका ५२ वटा समाचार सामग्री प्रकाशित भएको समूहले आज जारी गरेको विज्ञप्तिामा उल्लेख छ। चैत महिनामा १० जना महिलाको हत्या भयो भने यससम्बन्धि ५१ वटा समाचार सामग्री प्रकाशित भए।
अनुगमनमा खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएको थियो।
समूहले आज जारी गरेको विज्ञप्ति अनुसार महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो, जसमा बलात्कार, यौन दुर्व्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य थिए।
विज्ञप्ति अनुसार यो अवधिमा स्वास्थ्य अधिकार हनन्को एउटा घटना भयो। तर, स्वास्थ्य अधिकार हनन् सम्बन्धी भने ५६ वटा समाचार सामग्री प्रकाशित भएका थिए। आर्थिक अधिकारसँग सम्बन्धित २ वटा घटना भएका थिए र आर्थिक अधिकारसँग सम्बन्धित ८१ वटा समाचार सामग्री छापिएको विज्ञप्तिमा जनाइएको छ ।
यस अवधिमा मानव बेचबिखनसम्बन्धी ५१ र राजनीतिक अधिकार हनन्सम्बन्धी ५७ समाचार, विचार तथा सम्पादकीय छापिए । त्यस्तै परम्परागत र धार्मिक हिंसासम्बन्धीे ५७ वटा, बोक्सी आरोपका एउटा घटना र ३ वटा समाचार सामग्री प्रकाशित भएका थिए। घरेलु हिंसासम्बन्धी ७ र १९ वटा समाचार सामग्री प्रकाशित भएका थिए। बहुबिवाहसम्बन्धीे ३ वटा समाचार सामग्री प्रकाशित भए। दाईजोसम्बन्धी ३ वटा समाचार प्रकाशित भएका थिए।
महिला हिंसासम्बन्धी सबैभन्दा बढी समाचार भित्री पृष्ठमा छापिएको समूहले जनाएको छ। पहिलो पृष्ठमा जम्मा ५१ वटा समाचार छापिएका थिए। पृष्ठ २ मा जम्मा ८६ समाचार छापिएका थिए। पाचौं पृष्ठमा ६५ वटा समाचार छापिएका थिए। महिला हिंसासम्बन्धी समाचारको स्थान सन्त्ाोषजनक भएको सञ्चारिका समूहले जनाएको छ ।
अनुगमनमा महिलामाथि हिंसा गर्नेमा धेरैजसो परिवारका सदस्य रहेको देखाएको छ। यसैगरि छिमेकी र राज्यबाट समेत महिलामाथि हिंसा भएको छ। सो अवधिमा महिला हिंसासम्बन्धी ११ वटा सम्पादकीय, फोटो समाचार२२ वटा लेेख ४२ वटा सफ्ट न्यूज ३९ वटा र हार्ड न्यूज ३९६ वटा प्रकाशित भए। विज्ञप्ति अुनसार प्रकाशित समाचारमध्ये हार्ड न्यूज १०६, सफ्ट न्यूज २६ र १५ वटा लेेखमा मात्र फोटो/स्केच प्रयोग गरिएको थियो।
यस अवधिमा हत्याका २ वटा , बलात्कारका २ वटा र यौन दुर्व्यवहारको एउटा ‘फलोअप’ समाचार प्रकाशित भएको विज्ञप्तिमा उल्लेख छ । यो महिना पीडितका २६ वटा तस्बिर छापिएका थिए भने पीडकका २ वटा तस्बिर छापिएको थियो। यसकारण। समाचार सामग्रीमा पीडित वा पीडक कस्काे तस्बिर राख्ने भन्नेमा यस अघि झै सम्पादकीय दृष्टिकोणको अभाव नै देखिएको समूहको भनाइ छ।
सञ्चारिका समूहले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन्? ती समाचारले कस्तो प्राथमिकता पाइरहेका छन्? हिंसाका समाचारमा ‘फलोअप’ समाचार आएका छन् कि छैनन्? समाजमा के कस्ता लैंगिक हिंसा भइरहेका छन् र ती सम्बन्धमा कस्ता समाचार सामग्री आइरहेका छन् भनेर सञ्चार अनुगमन गर्दैआएको सचिव बिमला तुम्खेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Comment Here!