यूरोपमा अधिकांश आप्रवासी महिला


प्रकाशित मिति :2016-04-27 15:43:48

महिला खवर

internएजेन्सी । यूरोपमा  अधिकाशं आप्रवासी  महिला रहेको एक तथ्याङ्कले देखाएको छ । अन्तर्राष्ट्रिय आप्रवास संगठन (आई ओ‌ एम) ले विश्वव्यापी आप्रवासन को प्रबृत्ति  (ग्लोवल माइग्रेसन ट्रेन्ड) सम्बन्धि  २०१५  मा गरेको अध्ययनले  युरोपी आप्रवासीमा महिलाको संख्या ५२ दशमलव ४ प्रतिशत रहेको  देखाएको छ।

उक्त अध्ययनका अनुसार विश्वभरी आप्रवासी महिलाको संख्या ४८ प्रतिशत रहेको छ । एशियामामात्रै महिला आप्रवासीको संख्या ४२ प्रतिशत  र उत्तर अमेरीकामा ५१ दशमलव २ प्रतिशत रहेको छ।

जर्मनी अमेरिकापछि आप्रवासीका लागि संसारकै दोस्रो ठुलो गन्तव्य रहेको आईओ‌एमको अध्ययनलाई उधृत गर्दै सोफियाग्लोव डट कमले जनाएको छ ।  अध्ययन अनुसार अमेरीकामा ४ करोड  ६६ लाख, जर्मनीमा १ करोड २ लाख र त्यसपछि  रुसमा भने आप्रवासीको संख्या १ करोड १९  लाख रहेको छ।

संयुक्त अरव इमिरेट्समा बाहिरबाट आएर बस्नेको संख्या कुल जनसंख्याको ८८ दशमलव ४ प्रतिशत रहेको छ भने उक्त संख्या कतारमा ७५ दशमलव ७ र कुवेतमा ७३ दबमलव ६ प्रतिशत रहेको छ।

दोस्रो विश्व युद्धको अन्त्यपछि २०१५ मा सिरियामा आइएसआइएसले गरेको आक्रमणपछि अधिकांश सिरियाली  शरणारार्थीहरू युरोप र अन्य देश मै अविश्वसनीय रुपले बढेको तथ्याङ्कले देखाएको छ।

२०१५ भने आप्रवासी र शरणार्थीका लागि सबै भन्दा नराम्रो वर्ष मानिएको छ, यस वर्ष ५ हजार ४ सय भन्दा जनाको मृत्यु भएको वा हराएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: