एकै परिवारका तीनसहित एक पाहुनाको सामूहिक हत्या


प्रकाशित मिति :2016-04-27 16:28:40

महिला खबर

सल्यान । सल्यानको  छायाँक्षेत्र गाविस रानागाउँमा एकै परिवारका तीन र एकजना पाहुना गरी चारजनाको  सामूहिक हत्या भएको छ ।   रानागाउँका रमेश खान ठकुरीकी २३ वर्षीया श्रीमती सीताखान ठकुरी, तीन वर्षीया छोरी पवित्रा खान ठकुरी, एक वर्षीया सविता खान ठकुरी र दिदीको घरमा आएकी सल्यान शारदा नगरपालिका मार्केकी १८ वर्षीया गीता गिरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 बिहान अबेरसम्म घरमा कोही पनि बाहिर नदेखेर छिमेकी बोलाउन जाँदा सवैजना  मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।  हत्या कसले र किन गरेको भन्नेबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका  प्रमुख श्यामबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: