सूचनाप्रविधिमा महिला सशक्तीकरण आवश्यक


प्रकाशित मिति :2016-04-28 15:56:14

महिला खबर

काठमाडौं । आज अन्तर्राष्ट्रिय महिला सूचना तथा सञ्चार प्रविधि दिवस नेपालमा पनि मनाइएको छ । सन् २०१३ देखि नेपालमा पनि प्रत्येक वर्ष अप्रिल महिनाको चौथो बिहीबार यो दिवस मनाइदै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दिवशको अवशरमा एक कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सूचनाप्रविधिमा महिला सशक्तीकरणको आवश्यकता भएको बताउनुभयो ।  उहाँले महिला आफैँ यस क्षेत्रमा क्रियाशील नभएकाले यसका लागि उनीहरूको  सशक्तीकरण अवश्यक रहेको अल्याउनुभयो । यसका लागि सरकारले तालिमलगायत विविध कार्यक्रम आयोजना गर्दै आएको  उहाँको दाबी थियो ।

मन्त्री राईले आगामी दिनमा ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा समेत इन्टरनेटको व्यवस्था गरेर महिलालाई सूचना तथा प्रविधिका क्षेत्रमा जानकारी गराउने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा महिला आफैँले बाह्य तथा घरेलु हिंसाबाट बच्न प्रगोग गर्न सक्ने मोबाइल एप्लिकेसन बनाउने छात्रा समूहलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा पहिलो हुने ‘नारी सरोकार’ समूहले  ३० हजार रुपैयाँ, दोस्रो हुने ‘उनका लागि’ समूहले  १८ हजार रुपैयाँ र तेस्रो हुने ‘नव नारी’ समूहले  नौ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष दिगम्बर झा तथा प्राधिकरणका कार्यक्रम निर्देशक पुरुषोत्तम खनाल, सूचना प्रविधि समाज नेपालका अध्यक्ष दामोदर पौडेललगायतले सूचना सञ्चार र प्रविधिका क्षेत्रमा महिला सहभागिता बढाउन भइरहेका पहलबारे जानकारी दिनुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: