रक्सीको मातले लियो चार जनाको ज्यानः हत्यारा प्रहरीको फन्दामा


प्रकाशित मिति :2016-04-28 16:51:48

महिला खबर

 हत्यारा सन्जय भारती

हत्यारा सन्जय भारती

काठमाडाैं। सल्यान जिल्लाको छायाँ गाविस रानागाउँमा मङ्गलबार राति एकै घरका दुई बालिकासहित ४ जना महिलाको हत्या गर्ने २० वर्षीय सन्जय भारतीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको छ । छायाँ गाविस रानागाउँका कै भारतीलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो ।

कुकुरको सहायताले अपराधी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मध्य पश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरवाट भुन्टी नामको  Tracker Dog  ल्याई घटनास्थलबाट अपराधी भागेको वाटो ट्रयाक गराईएको थियो । । भारतीलाई  आजै सल्यान जिल्ला अदालतवाट पाँच दिन म्याद थप गरी  थप अनुसन्धान  भैरहेको  प्रहरीले बताएको छ ।

 भारतीले मादक पदार्थ सेवन गरी गाइभैँसी बाँध्ने किलाले मंगलवार साँझ चार जनाको हत्या गरेको बयान दिएको जिप्रका प्रमुख प्रहरी नायव उपरिक्षक श्याम खत्रीले जानकारी दिनुभयो । प्रहरीका अनुसार आफूलाई सेलरोटी खान बोलाएको भन्दै  भारती साँझ ७ बजे सीता खाँणठकुरीको घरमा गएका थिए ।

यसक्रममा कुराकानीका गर्दा बिबाद भइ भारतीले आफ्नै ठुलो बाबु मखन भारतीको घरको आगनमा रहेको गाइ बाँध्ने किलो उखेलेर सीता खाँणलाई टाउकोमा हानी हत्या गरेका थिए । भारतीले रक्सी खाइ सीताको घरमा गएको प्रहरीले बताएको छ ।

Police

वयानका क्रममा भारतीले मृतक सीताकी दिदीकी छोरी १८ वर्षीया गीता गिरीलाई बलात्कार गर्ने प्रयास गरेको बताएको प्रहरी नायव उपरिक्षक श्याम खत्रीले बताउनुभयो ।

यसअघि उनले आफ्नै छिमेकी ६० वर्षीया जुठ्ठी अधिकारीलाई पनि बलात्कारको प्रयास गरेका थिए । यसक्रममा प्रतिवाद गर्दा अधिकारी घाइते भएकी थिइन् । खत्रीका अनुसार अभियुक्त भारतीले सीता खाँणलाई बलात्कार प्रयास नगरेको बयान दिएका छन् ।

भारतीले मगलवार साँझ २३ वर्षीया सीता, तीन वर्षीया छोरी पवित्रा, एक वर्षीया सविता र दिदीको घरमा आएकी शारदा नगरपालिका–१० मार्केकी १८ वर्षीया गीता गिरीको हत्या गरेका थिए ।

“पहिलो प्रहार सीतामाथि गरे, तर त्यसपछि उनकी वहिनी अनि दुई नाबालकलाई पालैपालो प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको छ” – प्रहरी नायव उपरीक्षक खत्रीले भन्नुभयो ।

सीता खाँण ठकुरीका श्रीमान रमेश खाँण ठकुरी बैदेशिक रोजगारीका लागि भारतमा रहेको र शुक्रवारसम्म घर आईपुग्ने खत्रीले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: