नगरक्षेत्रका महिलामै पाठेघर खस्ने समस्या


प्रकाशित मिति :2016-04-29 11:58:43

सुमित्रा कोईराला
उदयपुर। उदयपुरको बेल्टार बसाहा नगरपालिका क्षेत्रका महिलामा समेत पाठेघर खस्ने समस्या भएको पाईएको छ। महिला एकता नगर समिति बेल्टार बसाहा नगरपालिकाको आयोजनामा बिहीबार भएको स्वास्थ्य शिविरमा ३० जनालाई पाठेघर खस्ने समस्या देखिएको हो।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुर र प्राथामिक स्वास्थ्य केन्द्र बेल्टारको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा दुई सय १५ महिलाले स्वास्थ्य जाँच गरेका नगर समितिका अध्यक्ष पूर्णदेवी राईले बताईन।

बेल्टार बसाहा नगरपालिकाको महिला लक्षित कार्यक्रमको सहयोगमा संचालित कार्यक्रममा महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले महिला स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरेको थियो। पाठेघर खस्ने समस्या भएका महिलालाई जिल्ला अस्पताल उदयपुरमा थप उपचार गरिने जनाईएको छ।

महिलामा आउने स्वास्थ्य समस्यालाई निदान गर्ने उद्देश्यले बेल्टार बसाहा नगरपालिकामा स्वास्थ्य शिविर आयोजना गरिएको हो।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: