राष्ट्रिय महिला भलिवल खेलाडी अरुणा शाही हङकङ प्रस्थान


प्रकाशित मिति :2016-04-29 14:45:55

महिला खबर

vollybal plyarकाठमाडौं। राष्ट्रिय महिला भलिवल खेलाडी अरुणा शाही हङकङ प्रस्थान गरेकी छिन। स्याङजा जनसेवा समिति हङकङको आयोजनामा हङकङमा आयोजना हुन लागेको ९ औ स्याङजा कप २०१६ मा सहभागी हुन शाही बिहीबार हङकङ प्रस्थान गरेकी हुन।

शाहीलाई नेपाल भलिवल संघका महासचिव जितेन्द्र वहादुर चन्द, नेपाल भलिवल संघका राष्ट्रिय प्रशिक्षक जगदिश भट्ट र पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघका अध्यक्ष छ्याम बहादुर थापाले त्रिभुवन बिमानस्थलमा बिदाइ गरेका थिए।

शाहीले आगामी मे १ तारिकमा हङकङमा आयोजना हुने महिला भलिवल प्रतियोगितामा खेल्नेछिन्।

सो अवसरमा वोल्दै खेलाडी शाहीले हङकङमा हुने खेलमा नेपालको महिला भलिवलको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको वताउँदै प्रतियोगितामा आफूले अहिलेसम्मको उपलब्धिलाई उजागर गर्ने गरी खेल प्रस्तुत गर्ने वताइन। शाही एक साता हङकङमा रहनेछिन।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: