रेष्टुरेण्टमा काम गर्ने महिलालाई पक्राउ गर्ने प्रहरीलाई कार्वाही गर्छुः खनाल
महिला खबर
काठमाडौं । विनाकारण दोहरी र डान्सबारमा काम गर्ने महिलालाई पक्राउ गर्ने प्रहरीलाई कार्वाही गर्ने प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनालले बताउनु भएको छ ।
मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूको श्रम अधिकारको छलफल गर्न काठमाडौंमा आयोजित दुई दिने राष्ट्रिय भेलामा बोल्दै उहाँले भन्नुभयो, ‘अपराध भएको ठाउँमा प्रहरी पुग्नुपर्छ, तर विनाकारण दोहरी , डान्सबारबाट महिला दिदीबहिनी पक्राउ गर्छ भने हामी पक्कै त्यस्तालाई कारवाही गर्ने छौ।’
कार्यक्रममा बोल्दै श्रम तथा रोजगार मन्त्रालयका उप सचिव जिवन कुमार राईले संशोधनको क्रममा रहेको ऐन अब मनोरन्जन क्षेत्रमा काम गर्ने महिला दिदीबहिनीको पक्षमा बन्ने आश्वासन दिनुभयो।
राष्ट्रिय मानवअधिकार आयोग लैंगिक महाशाखा प्रमुख सरिता ज्ञवालीले राज्यले मनोरन्जन क्षेत्रमा काम गर्ने महिलाको सुरक्षाको ग्यारेन्टी नगरेको भन्दै अब बन्ने कानुनमा यो कुरा उल्लेख गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा सहभागी महिलाले शहरी क्षेत्रका डान्स रेस्टुरेन्ट , दोहरीसाँझ , मसाजपार्लर , क्याविन तथा खुला रेस्टुरेन्ट जस्तो अनौपचारिक तथा मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको श्रमको अधिकारको बारेमा श्रम ऐन २०४८ ले कहिकतै उल्लेख नगरेको भन्दै संशोधनका क्रममा रहेको ऐनमा यी मुद्दालाई समेट्न माग गरेमन थिए।
महिलाका निम्ति महिलामञ्च नेपालले आयोजना गरेको यो राष्ट्रिय भेलामा काठमाडौं , ललितपुर, भक्तपुर, सप्तरी, पोखरा, विराटनगर, सुनसरी, झापा, सिराहालगायतका जिल्लामा मनोरन्जन क्षेत्रमा कार्यरत १५० महिला श्रमिक सहभागी छन् ।
Comment Here!