१३ वर्षीया बालिका बलात्कार गर्ने बाबु र छिमेकी पक्राउ, मामाकाे खाेजी हुँदै
सुमित्रा कोइराला
उदयपुर । उदयपुरको बेल्टार बसाहा नगरपालिकाकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आफ्नै बाबु र अर्का एक छिमेकी पक्राउ परेका छन्।
स्थानीय स्कुलमा कक्षा ६ मा अध्ययनरत बालिकालाई आफ्नै बाबु, मामा र छिमेकीले पटक पटक वलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारल उनका बाबु र छिमेकीलाई बिहीबार पक्राउ गरेेको हो। ती बालिका मामा घर जाँदा मामाले समेत बलात्कार गरेको बालिकाले दिएको जाहेरीमा उल्लेख छ। रोजगारीका शिलशिलामा जिल्ला बाहिर रहेकोले छिटै पक्राउ गरिने प्रहरीले बताएको छ।
बालिकाकी आमा बैदेशिक रोजगारीमा गएकी छन्। प्रहरीका अनुसार घरमा बाबु छोरी मात्रै बस्दै आएका छन्। पीडित बालिकाले आफ्ना बाबु, दाई नाता पर्ने छिमेकी र आफ्नै मामाले ६ महिनादेखि डर देखाएर जवरजस्ती गर्ने गरेकोे सँगै पढ्ने साथीलाई भनेकी थिइन्।
साथीकी आमाले स्थानिय संस्थालाई खवर गरेपछि स्थानिय संस्थाले प्रहरीलाई दिएको उजुरीको आधारमा बाबु र छिमेकीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक भिमप्रसाद सिलवालले बताउनुभयो।
उहाँले भन्नुभयो …मंसिर महिनामा घरमा आमा नभएको अवस्थामा बाबुले रक्सी खाई छोरीलाई जवरजस्ती गरेको, त्यसपछि मामा घरमा जाँदा मामाले नै जवरजस्ती गर्ने गरेको र पछि छिमेकी दाजु पर्नेले पनि डर देखाएर बलात्कार गर्ने गरेको जाहेरी आएको छ।’
आरोपी बाबु र छिमेकी दाईलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको छ भने मामा चाहि रोजगारीको क्रममा जिल्ला बाहिर रहेको बुझिएकाले पक्राउ गरिने प्रहरी निरिक्षक सिलवालले जानकारी दिनुभयो।
Comment Here!