दुवै मृगौला फेल भएकी बृद्धाको उपचारमा सहयोग गर्न आग्रह


प्रकाशित मिति :2016-05-01 12:27:15

महिला खबर

Shesmayaनवलपरासी। नवलपरासीको देवचुली नगरपालिका १० निवासी ६२ वर्षीया शेषमाया ढकालको दुवै मृगौला खराब भएपछि उपचारका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ।

ढकालको एउटा मृगौला डेढ वर्ष अघि नै खराब भएर पुरानो मेडिकल कलेजमा शल्यक्रिया गरी फालिसकेको र अर्को मृगौला समेत खराब भएपछि ७ महिनादेखि उपचार गराउँदै आएको बताउनुभयो।

छोरा वुहारीले समेत उपचारमा सहयोग नगरेपछि छोरीको घरमा बसेर औषधी उपचार गराउदै आएको र अहिलेसम्म ५ लाख रुपैयाँ खर्च भैसकेको ढकालले बताउनुभयो। अहिले रगत परिवर्तन , सुई र औषधी गरि महिनामा ७० हजार रुपैया खर्च हुने गरेको र आफुसँग जम्मा भएको रकले आजसम्म औषधी उपचार गराउँदै आएको र सबै रकम उपचारमा सकिएपछि  बाँच्नका लागि सहयोग माग्नुकाे विकल्प नभएकाे ढकालले बताउनुभयो।

उहाँलाई सहयोग गर्न देवचुली नगरपालिकाले समेत सिफारिस गरेको छ। उहाँका आफन्त जगन्नाथ ढकाललेे शेषमायालाई गण्डकी विकास बैङ्कमा रहेको खाता नम्बर ००९१०४०००२९२३७०००००१ मा रकम जम्मा गरेर सहयोग गरिदिन आग्रह गर्नुभएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: